काठमाडौं, ४ मङ्सिर । निर्वाचन आयोगले राति पत्रकार सम्मेलन गर्ने भएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको बारेमा जानकारी गराउन आयोगले राति ७ः५० बजे पत्रकार सम्मेलन गर्न लागेको हो ।
आइतबार बिहान ७ देखि सुरु भएको मतदान अपराह्न ५ बजे सकिएको छ ।