Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

मतदानको समयावधि सकियो, केही केन्द्रमा भने अझै मतदान जारी

bk logo final png
  • बागलुङखबर
  • ४ मंसिर २०७९, आईतवार १७:३६

काठमाडौं, ४  मङ्सिर। निर्वाचन आयोगले निर्धारित गरेको बिहान ७ बजेदेखि अहिले ५ बजेसम्मको मतदानको अवधि सकिएको छ। 

विभिन्न मतदानकेन्द्रमा विविध कारणले ढिला मतदान सुरु भएको, विवाद हुँदा सहमति कायम गर्न समय लागेको र कतिपय मतदान केन्द्रमा झडप हुँदा मतदानकार्य बीचमा रोकिएर पुनः सुरु भएकाले विभिन्न मतदान केन्द्रमा अहिले मतदान जारी रहेको निर्वाचन आयोगले जनाएको छ।

मतदान अधिकृतले तोकेको मतदान केन्द्रको क्षेत्रभित्र प्रवेश गरेका मतदाताले मताधिकार प्रयोग गर्न पाउने छन्।  निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ५ बजेसम्म मतदान अधिकृतले तोकेको क्षेत्रभित्र प्रवेश गर्ने मतदाताले मतदान गर्न पाउने बताउनुभयो ।

देशभर १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ मतदान केन्द्र कायम गरिएका थिए। निर्वाचन आयोगका अनुसार १४१ अस्थायी मतदानस्थलमा भने शत प्रतिशत मतदान भएको छ।

आयोगले साँझ ७:५० बजे पत्रकार सम्मेलन गरेर मतदानको विषयमा जानकारी दिने तयारी गरेको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki