Skip to content

follow us

baglungkhabar.tv

29th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

आईटिएफ तेक्वान्दो प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी च्याम्पियन

bk logo final png
  • BAGLUNGKHABAR
  • ३ कार्तिक २०७९, बिहीबार ११:५२
बागलुङ, ३ कार्तिक । नवौं राष्ट्रिय खेलकुदअन्तरगत आईटिएफ तेक्वान्दो प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी च्याम्पियन बनेको छ ।

बागलुङ बजारमा बुधबार सम्पन्न आईटिएफ तेक्वान्दो प्रतियोगितामा १३ स्वर्ण, ८ जत र ३ काश्य सहित २४ पदकका साथ आर्मी पदक तालिकाको शीर्षस्थानमा रहयो ।

आर्मीका लागि एकल प्याटर्नतर्फ ‘ब्ल्याक बेल्ट’ दोस्रो डानमा रिना धिमाल, ‘ब्ल्याक बेल्ट’ दोस्रो डानमा पूर्णबहादुर मगर, ‘ब्ल्याक बेल्ट’ तेस्रो डानमा सुमन मस्राङ्गी मगर र ‘ब्ल्यू बेल्ट’तर्फ धनसिँह परियारले स्वर्ण दिलाए ।

भीमबहादुर तामाङले प्याटर्नतर्फ ‘ब्ल्याक बेल्ट’ पहिलो डान र ७६–८० किलो तौल समूहको एकल स्पाइरिङमा गरी दुई स्वर्ण जिते । ‘ब्ल्यू बेल्ट’तर्फ सुस्मिता श्रेष्ठ र ‘रेड बेल्ट’मा निकिता धिमालले स्वर्ण पदक हाँसिल गरिन् । धिमालले एकल स्पाइरिङमा पनि आर्मीलाई स्वर्ण दिलाइन् । ५६–६० किलो तौल समूहको खेलमा एक नं प्रदेशकी सजिना तामाङलाई पराजित गर्दै धिमालले स्वर्ण हात पारेकी हुन् ।

आर्मीकै कन्याम लिम्बुले ६५ किलो भन्दा माथिको तौल समूहको एकल स्पाइरिङमा जित निकाल्दै स्वर्ण जितिन् । पुरुषतर्फ ६६–७० किलो तौल समूहबाट लिलाधर बस्नेतले आर्मीलाई स्वर्ण दिलाए । पुरुष टिम प्याटर्नमा पनि आर्मीले स्वर्ण पायो ।

बुधबार भएको टिम स्पाइरिङमा पनि बागमती प्रदेशलाई पराजित गर्दै आर्मीले स्वर्ण पदक हात पा¥यो । महिलातर्फको स्वर्ण भने बागमतीले जित्यो । आर्मीका प्रशिक्षक ज्ञानप्रसाद खत्रीले सातौँ राष्ट्रिय खेलकुददेखि आफ्नो टिमले लगातार च्याम्पियन यात्रा जारी राखेको बताए । सअघि नेपालगञ्जमा भएको आठौँमा १६ र विराटनगरमा भएको सातौँ खेलकुदमा १७ स्वर्णसहित आर्मी च्याम्पियन बनेको थियो ।

स्वर्ण पदक विजेता आर्मीका लीलाधर बस्नेतले राष्ट्रिय खेलकुदमा आफ्नो स्वर्ण संख्या चार पु/याए । सातौँमा पहिलो स्वर्ण पाएका उनले आठौँ खेलकुदमा दुई स्वर्ण पदक जितेका थिए । बस्नतेले अन्तर्राष्ट्रिय उपाधि जित्ने लक्ष्य रहेको सुनाए ।

६ स्वर्ण, ३ रजन र ३ काश्य सहित १२ पदक जितेको बागमती प्रदेश दोस्रो, ५ स्वर्ण, ८ रजन र २ काश्य सहित १५ पदक जितेको गण्डकी प्रदेश तेस्रो स्थानमा रहे ।

यस्तै प्रदेश नम्बर १ ले ३ स्वर्ण, २ रजत र ५ काश्य, लुम्बिनी प्रदेशले १ स्वर्ण, ३ रजत र ८ काश्य, एपिएफ क्लबले १ स्वर्ण, ३ रजत र २ काश्य पदक जिते । यस्तै कर्णली प्रदेशले २ रजत र २ काश्य पदक जित्योभने नेपाल पुलिसले ४ काश्य र मदेश प्रदेशले १ काश्य पदक जित्यो ।

आईटिएफ तेक्वान्दो प्रतियोगितामा सुदुरपश्चिम प्रदेश पदक विहीन रहन पुग्यो ।

शनिबारदेखि बागलुङ नगरपालिका–१ रामरेखामा रहेको तेक्वान्दो संघको बाङ्गेचौर तेक्वान्दो कबर्डहलमा भएको प्रतियोगितामा आईटिएफका एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन र टिम प्याट्रनका खेलहरु भएका थिए ।

प्रतियोगतामा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० जना खेलाडीहरुले सहभागीता जनाएको आईटिएफ तेक्वान्दो संघका केन्द्रीय सचिव एवम् बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए । उनले प्रतियोगितामा २९ स्वर्ण, २९ रजत र ३० काश्य सहित ८८ पदकका लागि खेलाडीहरुले प्रतिस्पर्धा गरेको बताए ।

SHARE THIS:

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

भर्खरै

बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट

बागलुङमा १७ वर्षीय बालिका मृत फेला

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki