Skip to content

follow us

baglungkhabar.tv

28th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

आईटिएफ तेक्वान्दो प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी च्याम्पियन

bk logo final png
  • BAGLUNGKHABAR
  • ३ कार्तिक २०७९, बिहीबार ११:५२
बागलुङ, ३ कार्तिक । नवौं राष्ट्रिय खेलकुदअन्तरगत आईटिएफ तेक्वान्दो प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी च्याम्पियन बनेको छ ।

बागलुङ बजारमा बुधबार सम्पन्न आईटिएफ तेक्वान्दो प्रतियोगितामा १३ स्वर्ण, ८ जत र ३ काश्य सहित २४ पदकका साथ आर्मी पदक तालिकाको शीर्षस्थानमा रहयो ।

आर्मीका लागि एकल प्याटर्नतर्फ ‘ब्ल्याक बेल्ट’ दोस्रो डानमा रिना धिमाल, ‘ब्ल्याक बेल्ट’ दोस्रो डानमा पूर्णबहादुर मगर, ‘ब्ल्याक बेल्ट’ तेस्रो डानमा सुमन मस्राङ्गी मगर र ‘ब्ल्यू बेल्ट’तर्फ धनसिँह परियारले स्वर्ण दिलाए ।

भीमबहादुर तामाङले प्याटर्नतर्फ ‘ब्ल्याक बेल्ट’ पहिलो डान र ७६–८० किलो तौल समूहको एकल स्पाइरिङमा गरी दुई स्वर्ण जिते । ‘ब्ल्यू बेल्ट’तर्फ सुस्मिता श्रेष्ठ र ‘रेड बेल्ट’मा निकिता धिमालले स्वर्ण पदक हाँसिल गरिन् । धिमालले एकल स्पाइरिङमा पनि आर्मीलाई स्वर्ण दिलाइन् । ५६–६० किलो तौल समूहको खेलमा एक नं प्रदेशकी सजिना तामाङलाई पराजित गर्दै धिमालले स्वर्ण हात पारेकी हुन् ।

आर्मीकै कन्याम लिम्बुले ६५ किलो भन्दा माथिको तौल समूहको एकल स्पाइरिङमा जित निकाल्दै स्वर्ण जितिन् । पुरुषतर्फ ६६–७० किलो तौल समूहबाट लिलाधर बस्नेतले आर्मीलाई स्वर्ण दिलाए । पुरुष टिम प्याटर्नमा पनि आर्मीले स्वर्ण पायो ।

बुधबार भएको टिम स्पाइरिङमा पनि बागमती प्रदेशलाई पराजित गर्दै आर्मीले स्वर्ण पदक हात पा¥यो । महिलातर्फको स्वर्ण भने बागमतीले जित्यो । आर्मीका प्रशिक्षक ज्ञानप्रसाद खत्रीले सातौँ राष्ट्रिय खेलकुददेखि आफ्नो टिमले लगातार च्याम्पियन यात्रा जारी राखेको बताए । सअघि नेपालगञ्जमा भएको आठौँमा १६ र विराटनगरमा भएको सातौँ खेलकुदमा १७ स्वर्णसहित आर्मी च्याम्पियन बनेको थियो ।

स्वर्ण पदक विजेता आर्मीका लीलाधर बस्नेतले राष्ट्रिय खेलकुदमा आफ्नो स्वर्ण संख्या चार पु/याए । सातौँमा पहिलो स्वर्ण पाएका उनले आठौँ खेलकुदमा दुई स्वर्ण पदक जितेका थिए । बस्नतेले अन्तर्राष्ट्रिय उपाधि जित्ने लक्ष्य रहेको सुनाए ।

६ स्वर्ण, ३ रजन र ३ काश्य सहित १२ पदक जितेको बागमती प्रदेश दोस्रो, ५ स्वर्ण, ८ रजन र २ काश्य सहित १५ पदक जितेको गण्डकी प्रदेश तेस्रो स्थानमा रहे ।

यस्तै प्रदेश नम्बर १ ले ३ स्वर्ण, २ रजत र ५ काश्य, लुम्बिनी प्रदेशले १ स्वर्ण, ३ रजत र ८ काश्य, एपिएफ क्लबले १ स्वर्ण, ३ रजत र २ काश्य पदक जिते । यस्तै कर्णली प्रदेशले २ रजत र २ काश्य पदक जित्योभने नेपाल पुलिसले ४ काश्य र मदेश प्रदेशले १ काश्य पदक जित्यो ।

आईटिएफ तेक्वान्दो प्रतियोगितामा सुदुरपश्चिम प्रदेश पदक विहीन रहन पुग्यो ।

शनिबारदेखि बागलुङ नगरपालिका–१ रामरेखामा रहेको तेक्वान्दो संघको बाङ्गेचौर तेक्वान्दो कबर्डहलमा भएको प्रतियोगितामा आईटिएफका एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन र टिम प्याट्रनका खेलहरु भएका थिए ।

प्रतियोगतामा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० जना खेलाडीहरुले सहभागीता जनाएको आईटिएफ तेक्वान्दो संघका केन्द्रीय सचिव एवम् बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए । उनले प्रतियोगितामा २९ स्वर्ण, २९ रजत र ३० काश्य सहित ८८ पदकका लागि खेलाडीहरुले प्रतिस्पर्धा गरेको बताए ।

SHARE THIS:

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

रोट्राक्ट क्लब अफ बागलुङको अध्यक्षमा रोका चयन

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

बागलुङमा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको नियमन र नियन्त्रण गर्नमा जोड

सिवाईसी साकोसद्वारा बाढीपीडित १४ जना सदस्यलाई ७० हजार रुपैयाँ राहत

भर्खरै

धौलागिरि प्रादेशिक अस्पतालको स्तरउन्नती गर्न जनप्रतिनिधि तयार

निसीखोलाका बाढीपहिरो पीडितका लागि राहत आउने क्रम जारी : नदी तटबन्ध गरी बस्ती सुरक्षा र दिगो व्यवस्थापन गर्न माग

न्यूनचापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालभर वर्षा र हिमपातको सम्भावना

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki