Skip to content

follow us

baglungkhabar.tv

27th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

सिवाईसी साकोसद्वारा बाढीपीडित १४ जना सदस्यलाई ७० हजार रुपैयाँ राहत

bk logo final png
  • बागलुङखबर
  • २८ आश्विन २०८३, बुधबार १९:४३

 

पर्वत २८ असोज । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढी तथा नदी कटानका कारण प्रभावित आफ्ना १४ जना सदस्यलाई राहत रकम हस्तान्तरण गरेको छ।

सिवाईसी साकोसको जलजला सदस्य सेवा केन्द्रमार्फत जलजला गाउँपालिका वडा नं। ८, फर्सेमा बाढीका कारण घरबासविहीन भएका १२ जना र जलजला गाउँपालिका वडा नं। ४ का २ जना गरी १४ जना सदस्यलाई जनही ५ हजारका दरले ७० हजार राहत रकम वितरण गरिएको हो।

राहत रकम जलजला गाउँपालिका वडा नं। ८ का वडा अध्यक्ष हरिविकास जिसी, सिवाईसी साकोसका केन्द्रीय सञ्चालक समितिका सहसचिव सुवास आचार्य, जलजला सेवा केन्द्र उपसमिति संयोजक इन्द्रप्रसाद आचार्य, सहसंयोजक पुष्पाकुमारी केसी, सचिव चित्रलाल रेग्मी तथा परामर्शदाता हरेमबहादुर खत्रीलगायतले हस्तान्तरण गर्नुभएको थियो।

राहत हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष जिसीले प्राकृतिक विपद्का कारण घरबास गुमाउन पुगेका सदस्यलाई राहत उपलब्ध गराएर संस्थाले विपद्को कठिन परिस्थितिमा सदस्यप्रतिको सामाजिक उत्तरदायित्व र सहयोगी भावना प्रस्तुत गरेको बताउनुभयो।
सहकारीले शेयर सदस्य स्वयं बसोबास गर्ने घर प्राकृतिक विपत्तिका कारण क्षति हुन गएमा क्षतिको प्रकृतिअनुसार आवास सुरक्षा सुविधा उपलब्ध गराउने नीतिगत व्यवस्थाअनुसार राहत प्रदान गरिएको संस्थाका सहसचिव आचार्यले बताउनुभयो। सहकारीले प्रकृतिक विपत्तीबाट प्रभावित शेयर सदस्यको पुनःस्थापनामा सहयोग गर्दै आएको विपद् व्यवस्थापन उपसमितिका संयोजक तथा सेवा केन्द्रका सचिव चित्रलाल रेग्मीले जानकारी दिनुभयो।

कार्यक्रम सेवा केन्द्र उपसमिति संयोजक इन्द्रप्रसाद आचार्यको अध्यक्षता तथा सेवा केन्द्र प्रमुख बद्रीप्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।

Share

प्रतिक्रिया

थप समाचारहरु

निसीखोलाका बाढीपहिरो पीडितका लागि राहत आउने क्रम जारी : नदी तटबन्ध गरी बस्ती सुरक्षा र दिगो व्यवस्थापन गर्न माग

न्यूनचापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालभर वर्षा र हिमपातको सम्भावना

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

लोकप्रिय

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

ब्लु हिल निर्माणको काम तीव्र गतिमा (तस्विरहरु)

बागलुङमा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको नियमन र नियन्त्रण गर्नमा जोड

सिवाईसी साकोसद्वारा बाढीपीडित १४ जना सदस्यलाई ७० हजार रुपैयाँ राहत

भर्खरै

निसीखोलाका बाढीपहिरो पीडितका लागि राहत आउने क्रम जारी : नदी तटबन्ध गरी बस्ती सुरक्षा र दिगो व्यवस्थापन गर्न माग

न्यूनचापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालभर वर्षा र हिमपातको सम्भावना

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

बास्बोटको ऐतिहासिक देउराली मन्दिर पुनर्निर्माण

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki