Skip to content

follow us

baglungkhabar.tv

28th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

धौलागिरि प्रादेशिक अस्पतालको स्तरउन्नती गर्न जनप्रतिनिधि तयार

bk logo final png
  • बागलुङखबर
  • १२ कार्तिक २०८३, बुधबार १०:१८

बागलुङ, ११ कात्तिक । धौलागिरि प्रादेशिक अस्पतालको स्तरउन्नती गर्न जनप्रतिनिधि तयार भएका छन् ।

मंगलवार भएको वृहत अन्तरक्रियामा अस्पतालको स्तरउन्नती, नर्सिङ कलेज तत्काल बनाएर पढाइ संचालन गर्ने र मेडिकल कलेजको रुपमा बिकास गर्ने योजना मार्फत साझा एजेण्डा रहेको सहभागीले बताए ।

अस्पतालको स्तरउन्नती, नर्सिङ कलेज तत्काल बनाएर पढाइ संचालन गर्ने र मेडिकल कलेजको रुपमा बिकास गर्ने योजना बनाइने भएको हो । सहभागिले अस्पताललाई कार्ययोजना बनाउन आग्रह गरेका छन् भने सबैले आफ्नो क्षेत्रबाट पहल गरेर लगानी, जमिन र जनशक्ती व्यवस्थापन गरेर छाड्ने प्रतिवद्दता पनि जनाए ।

प्रतिनिधिसभाका सांसद सुशिल खड्काले सबैको साझा लक्ष्य भएमा कामले सफलता पाउने बताए । उनले राजनीतिक रुपमा फरक क्षेत्रका सबैजना साझा लक्ष्य पुरा गर्न एकै ठाउँमा उभिनुपर्ने उनको धारणा थियो । ‘हामीले सकेको गरौं, लगानी पनि सरकारको मात्रै नताकौं, नीतिगत निर्णयकालागि भने सरकारलाई दवाव दिनैपर्छ’ खड्काले भने, ‘त्यसकालागि भने सबैजना सिंहदरवार पनि जानुपर्छ ।’ उनले लगानीका मोडल भने फरक बनाउन अस्पताललाई आग्रह गरे ।

सबै सरकारी लगानीको मात्र आस गर्दा लक्ष्यमा पुग्न कठिन हुने उनको भनाइ थियो ।
‘निजी क्षेत्रपनि आर्कषित गरौं, सहायता पनि खोजौं र राज्यको पनि लगानी भित्राऔं’ उनले भने, ‘एमबिबिएस सम्मको मेडिकल कलेज यहाँ संचालन गर्नैपर्छ ।’
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. किरण तिवारीका अनुसार यहाँ साबिकको धौलागिरिका चार जिल्ला सहित पूर्वि तथा पश्चिम रुकुम, जाजरकोट, रोल्पा र गुल्मी देखिका बिरामीले पनि सेवा लिने गरेका छन् । वार्षिक १ लाख ५ हजार बढी बिरामी आउने गरेका छन् भने दोहोरिने व्यक्तिको तथ्यांक जोड्दा धेरै हुने उनले बताए ।

उक्त जनसंख्या सहित कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गले बढ्ने पर्यटक, कर्मचारी समेतलाई लक्षित गरी १० लाख बढी जनसंख्यालाई सेवा दिने गरी अस्पतालको बिकास गर्न सरोकारवालाले सुझाएका छन् ।
कार्यक्रममा प्रतिनिधिसभाकै अर्की सांसद बलावती शर्माले अस्पताललाई अहिलेको स्थानमा ल्याउन भएका पहलको स्मरण गर्दै फेरीपनि नयाँ पहल आवस्यक पर्ने र सरकारको चासो आवस्यक परेको बताइन् ।

कार्यक्रममा गण्डकी प्रदेशका पुर्व स्वास्थ्य मन्त्री कृष्ण पाठकले प्रदेश सरकारले गर्न सक्ने सबै काम गरेको र मेडिकल कलेजको सम्बन्धन तथा त्यसकालागि चाहिने ३ सय शैयाको अस्पताल अनुमति भने संघिय सरकारले दिनुपर्ने बताए । त्यसकालागि प्रदेशले गर्ने सिफारिस लगायतको काममा समस्या नपर्ने भन्दै सरकार बाहिर भएर पनि प्रदेश सरकारले साथ दिने विश्वास गरे ।

प्रदेशसभाका सदस्यहरु दिपेन्द्रबहादुर थापा, कुशुम बुढा, जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुन लगायतले पनि सुझाव दिए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्माले आगामी शैक्षिक बर्ष भित्रै नर्सको पढाइ थाल्ने गरी पहल भएको, त्यसकालािग सिटिइभिटिबाट सम्बन्धन पाउन समय लागेको बताए । सिटिइभिटिको सदस्य सचिव नियुक्ति ढिलाइले रोकिएको काम अब अगाडि बढ्ने शर्माले विश्वास व्यक्त गरे ।

सिटिइभिटिबाट सम्बन्धन प्राप्त गरेर कम्तिमा बार्षिक ४० जनालाई नर्स पढाउने गरी व्यवस्थापन गर्न पहल भैरहेको शर्मा बताउँछन् । नेपालका तत्कालिन १४ अञ्चल मध्ये १३ वटा अञ्चलमा मेडिकल कलेज रहेकोमा धौलागिरिमा मात्रै नबनेको हो । त्यसकालागि पनि सरकारी ध्यानाकर्षण आवस्यक भएको भन्दै दक्ष जनशक्ती उत्पादन, पढाइकालागि बिदेश पलायन रोक्ने र खर्चको समेत कटौती गर्न सकिने भन्दै मेडिकल कलेज आवस्यकता रहेकोमा जनप्रतिनिधिहरुले जोड दिएका थिए ।

हाल यो अस्पताल १ सय शैयाको अनुमति प्राप्त भएपनि १ सय ४० बेडमा संचालन छ । नर्स कलेजकालागि कम्तिमा एकसय बेडको अस्पताल भए पुग्ने प्रावधान छ । अहिले अस्पतालले हाड जोर्नी, स्त्री तथा प्रसुती रोग, आन्द्रा तथा पेटको अपरेसन, जलन, सर्पदंश, बाल रोग, नाक कान घाँटी, आँखा र दाँतको बिशेषज्ञ उपचार सेवा समेत दिने गरेको छ ।

अस्पतालमा मृगौला बिशेषज्ञको सेवा, आइसियु, आइसोलेसन, ट्रमा युनिट, सिटिस्यान जस्ता सेवा पनि संचालनमा छन् । अस्पतालले अब भने न्युरो सर्जन र मुटुरोग बिशेषज्ञ समेत राखेर सेवा संचालनको तयारी गरेको छ ।
पोखरा र काठमाण्डौमा समेत दुर्लभ मानिएका कतिपय शल्यक्रिया समेत गरेर अस्पतालले सफलता पाएको छ ।
प्रमुख मेडिकल अधिकृत डा. किरण तिवारीका अनुसार आन्द्रामा प्वाल परेको, अण्डकोष, पाठेघरको समस्या, हाड जोर्नी लगायतको अपरेसन सहज बन्दै गएको हो । यो अबस्था बनेपछि पोखरा जानुपर्ने बिरामीले यही उपचार पाउन समेत थालेका छन् । त्यस बाहेक अस्पतालले घाँटीको अपरेसन पनि सफल बनाएको छ । टन्सिलको कारण समस्या भोगेका बिरामीलाई उपचार सेवा दिएर बागलुङमै निको पारिएको तिवारीले जानकारी गराए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

निसीखोलाका बाढीपहिरो पीडितका लागि राहत आउने क्रम जारी : नदी तटबन्ध गरी बस्ती सुरक्षा र दिगो व्यवस्थापन गर्न माग

न्यूनचापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालभर वर्षा र हिमपातको सम्भावना

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

लोकप्रिय

रोट्राक्ट क्लब अफ बागलुङको अध्यक्षमा रोका चयन

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

बागलुङमा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको नियमन र नियन्त्रण गर्नमा जोड

सिवाईसी साकोसद्वारा बाढीपीडित १४ जना सदस्यलाई ७० हजार रुपैयाँ राहत

भर्खरै

धौलागिरि प्रादेशिक अस्पतालको स्तरउन्नती गर्न जनप्रतिनिधि तयार

निसीखोलाका बाढीपहिरो पीडितका लागि राहत आउने क्रम जारी : नदी तटबन्ध गरी बस्ती सुरक्षा र दिगो व्यवस्थापन गर्न माग

न्यूनचापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालभर वर्षा र हिमपातको सम्भावना

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki