Skip to content

follow us

baglungkhabar.tv

23rd September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

आम निर्वाचन: बागलुङमा पाँच जनाले गरे उम्मेदवारी फिर्ता

  • रामु जिसी
  • २६ आश्विन २०७९, बुधबार १७:२०

बागलुङ, २६ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बागलुङ जिल्लामा उम्मेदवारी दर्ता गराएका पाँच जनाले नाम फिर्ता लिएका छन् ।

उमेदवारी फिर्ता गर्ने अन्तिम दिन बुधवार स्वतन्त्र उम्मेदवारी दिएका बागलुङ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का एक जना र क्षेत्र नम्बर २ का चार जना गरी पाँचले उम्मेदवारी फिर्ता लिएका हुन् ।

बागलुङ क्षेत्र नंं १ का प्रतिनिधिसभाका उमेदवार कृष्ण शंकर श्रेष्ठले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नाम फिर्ता लिएका छन् । यस्तै क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार गणेश कुमार थापा, क्षेत्र नम्बर २ (क)का उम्मेदवार भीमलाल पोखरेल र (ख)का उम्मेदवार दिपक थापा र करमती पुनले निर्वाचन अधिकृतको कार्यालय बुर्तिबाङमा पुगेर नाम फिर्ता लिएका छन् ।

प्रतिनिधिसभाको लागि २ निर्वाचन क्षेत्र र प्रदेशसभाका चार निर्वाचन क्षेत्र रहेको बागलुङमा पाँच जनाले उम्मेदवारी फिर्ता गरेपछि ३१ जना उम्मेदवारहरु बाँकी रहेका छन् ।

बागलुङको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी, नेकपा एमालेका केन्द्रीय सदस्य डा. सुर्य पाठक, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कंडेल, नेपाली काँग्रेस (वी.पी.)का शिवलाल सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी सापकोटाले उम्मेदवार रहेका छन् । यस्तै चन्द्र बहादुर क्षेत्री स्वतन्त्र उम्मेदवारको रुपमा रहेका छन् । स्वतन्त्र उम्मेदवार क्षेत्री बागलुङ बजारको एक विद्यलयका प्रधानाध्यापक हुन् ।

क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका दिपेन्द्र बहादुर थापा, नेकपा एमालेका हिरा बहादुर केसी, राप्रपाका डिल्ली प्रसाद आचार्य, सामाजिक एकता पार्टीका भक्त बहादुर वि.क.ले मनोनयन दर्ता गराएका छन् । यस्तै दिपेन्द्र हमालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश (ख)बाट सत्ता गठवन्धनका तर्फबाट नेपाली काँग्रेसका डिल्ली राम सुवेदी, नेकपा एमालेका नवराज पौडेल, राप्रपाका गोविन्द सापकोटा र मंगोल नेशनल अर्गनाइजेसनका सहविर थापा उम्मेदवार रहेका छन् ।

यस्तै क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, नेकपा एमालेबाट मञ्जु शर्मा चालिसे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट तिला खत्री, नेशनल अर्गनाइजेशन पार्टीबाट गोर्वधन घर्ती मगर र नेकपा जनमुक्ति पार्टीका चित्र प्रसाद गुरुङ, स्वतन्त्र उम्मेदवारहरु तुलसीराम अर्याल र डिल बहादुर कार्की रहेका छन् ।

क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका जिल्ला अध्यक्ष जित शेरचनले उम्मेदवारी दिएका छन् । यस्तै प्रकाश घर्तीे स्वतन्त्र उम्मेदवारको रुपमा रहेका छन् । स्वतन्त्र उम्मेदवारी दिएका घर्तीलाई नेकपा एमालेले समर्थन गरेको छ ।

क्षेत्र नम्बर २ को प्रदेशसभा (ख)मा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका दोर्ण कुँवर, नेकपा एमालेका जिल्ला उपाध्यक्ष लक्ष्मण पुन, जनता समाजवादी पार्टीका गंगा बहादुर घर्ती, नेशनल अर्गनाइजेशन पार्टीका तारा बहादुर घर्ती उम्मेदवार रहेका छन् । यस्तै स्वतन्त्र उम्मेदवारका नर बहादुर गुरुङ, दुर्गादेवी घर्ती र टेक प्रसाद कामी चुनावी मैदानमा रहेका छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

भीषण बाढी: तमानखोला गाउँपालिकाका ९ जना नागरिक सम्पर्कविहीन

भर्खरै
तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki