Skip to content

follow us

baglungkhabar.tv

23rd September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

आमनिर्वाचन २०७९ः बागलुङमा १३ स्वतन्त्र सहित ३६ जनाको उम्मेदवारी दर्ता (नामावली सहित)

bk logo final png
  • बागलुङखबर
  • २३ आश्विन २०७९, आईतवार २०:०४

बागलुङ, २३ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बागलुङ जिल्लामा ३६ जनाले मनोनयन दर्ता गराएका छन् । प्रतिनिधिसभाको लागि २ निर्वाचन क्षेत्र र प्रदेशसभाका चार निर्वाचन क्षेत्र रहेको बागलुङमा १३ स्वतन्त्र सहित ३६ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी)ले गठबन्धन गरि संयुक्त रुपमा उम्मेदवारी दिएका छन्भने नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाली काँग्रेस (वी.पी.), राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले भने एकल रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।

बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा २ जना स्वतन्त्र सहित ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बागलुङको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी, नेकपा एमालेका केन्द्रीय सदस्य डा. सुर्य पाठक, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कंडेल, नेपाली काँग्रेस (वी.पी.)का शिवलाल सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै कृष्ण शंकर श्रेष्ठ र चन्द्र बहादुर क्षेत्री ले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका श्रेष्ठ गठबन्धनका बागी उम्मेदवार हुन् । श्रेष्ठ नेपाली काँग्रेसका पूर्व जिल्ला कोषाध्यक्ष हुन् ।

क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका दिपेन्द्र बहादुर थापा, नेकपा एमालेका हिरा बहादुर केसी, राप्रपाका डिल्ली प्रसाद आचार्य, सामाजिक एकता पार्टीका भक्त बहादुर वि.क.ले मनोनयन दर्ता गराएका छन् । यस्तै दिपेन्द्र हमालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश (ख)बाट सत्ता गठवन्धनका तर्फबाट नेपाली काँग्रेसका डिल्ली राम सुवेदी, नेकपा एमालेका नवराज पौडेल, राप्रपाका गोविन्द सापकोटा र मंगोल नेशनल अर्गनाइजेसनका सहविर थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा ३ जना स्वतन्त्र सहित ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै नेकपा एमालेबाट मञ्जु शर्मा चालिसे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट तिला खत्री, नेशनल अर्गनाइजेशन पार्टीबाट गोर्वधन घर्ती मगर र नेकपा जनमुक्ति पार्टीका चित्र प्रसाद गुरुङले मनोनयन दर्ता गराएका छन् । यस्तै तुलसीराम अर्याल, गणेश कुमार थापा र डिल बहादुर कार्कीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका जिल्ला अध्यक्ष जित शेरचनले उम्मेदवारी दिएका छन् । यस्तै प्रकाश घर्ती र भिमलाल पोखरेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका घर्तीलाई नेकपा एमालेले समर्थन गरेको छ ।

क्षेत्र नम्बर २ को प्रदेशसभा (ख)म सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका दोर्ण कुँवर, नेकपा एमालेका जिल्ला उपाध्यक्ष लक्ष्मण पुन, जनता समाजवादी पार्टीका गंगा बहादुर घर्ती, नेशनल अर्गनाइजेशन पार्टीका तारा बहादुर घर्तीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै दिपक थापा, नर बहादुर गुरुङ, दुर्गादेवी घर्ती, कर्मती पुन र टेक प्रसाद कामीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

राजनीतिक दलहरुले नारा जुलुस सहित मुख्य निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका थिए । क्षेत्र नम्बर १ का उम्मेदवारहरुले बागलुङ बजारमा रहेको मुख्य निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका थिएभने क्षेत्र नम्बर २ का उम्मेदवारहरुले निर्वाचन अधिकृतको कार्यालय बुर्तिबाङमा पुगेर उम्मेदवारी दर्ता गराएका छन् ।

तीन जनाको उम्मेदवारी अस्वीकृत
बागलुङ क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराएका तीन जनाको उम्मेदवारी अस्वीकृत भएको छ ।

स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनि समयमै निर्वाचन आयोगमा खर्च विवरण नबुझाएको भन्दै कालो सूचीमा परेका तीन जनाको उम्मेदवारी अस्वीकृत भएको सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले बताए ।

क्षेत्र नम्बर २ प्रतिनिधिसभामा उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अञ्चल शाही, प्रदेशसभा (क)मा उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका शान्ता कुमारी चन्द र प्रदेशसभा (ख)मा उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरेलको उम्मेदवारी अस्वीकृत भएको सहयक निर्वाचन अधिकृत रिजालले बताए ।

शाहीले प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्न रसिद समेत काटिसकेपछि कम्प्युटर ईन्ट्री गर्ने बेलामा अस्वीकृत भएको हो ।

निर्वाचनमा १ लाख ९२ हजार मतदाता सहभागि हुने
मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा बागलुङका १ लाख ९२ हजार २ सय २७ मतदाता मतदानमा सहभागी हुँदैछन् । जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार क्षेत्र नम्बर १ मा ९६ हजार ६ सय ६६ र क्षेत्र नम्बर २ मा ९५ हजार ५ सय ६१ मतदाता रहेको छन् ।

क्षेत्र नम्बर १ को (क)मा ५० हजार ५ सय ८० जना र (ख) मा ४६ हजार ८६ जना मतदाता रहेका छन्भने क्षेत्र नम्बर २ को (क)मा ५४ हजार ३ सय ३४ र (ख)मा ४१ हजार २ सय २७ मतदाता रहेका छन् ।

 

सच्चाईएको- यस अगाडी स्वतन्त्र उम्मेदवार १३ हुनुपर्नेमा अन्यथा भएकोले सच्चाइएको छ । त्यसबाट पाठक वर्गमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौं । –सम्पादक

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

भीषण बाढी: तमानखोला गाउँपालिकाका ९ जना नागरिक सम्पर्कविहीन

भर्खरै
तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki