Skip to content

follow us

baglungkhabar.tv

25th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

‘प्रेमगीत ३’ रिलिजको दोश्रो दिनमै पाइरेसीको सिकार

bk logo final png
  • BAGLUNGKHABAR
  • ९ आश्विन २०७९, आईतवार ०९:४१

काठमाण्डौ, ०९ असोज ।  शुक्रबारदेखि बहुप्रतिक्षित चलचित्र प्रेमगीत ३ प्रदर्शनमा आएको थियो । यो चलचित्र नेपाल लगायत विश्वका १ हजार २ सय हलमा एकसाथ प्रदर्शनमा आएको थियो तर, ‘प्रेमगीत ३’ को हिन्दी संस्करण भने विविध प्राविधिक कारण जनाउँदै १० गतेबाट नेपालमा रिलिज हुने भएको छ ।

नेपालसहित भारत, अमेरिका, अस्ट्रेलिया, जापानलगायत विभिन्न देशहरुका १ हजार २ सयभन्दा बढी सिनेमा हलमा यो चलचित्र एकैसाथ प्रदर्शनमा आएको यो चलचित्रको हिन्दी संस्करणलाई लिएर नेपालमा विवादसमेत भएको थियो । जसका कारण सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रेमगीत ३ को हिन्दी संस्करणलाई पनि नेपाली चलचित्रकै मान्यता दिएको थियो ।

भारत लगायतका विश्वका थुप्रै देशमा हिन्दी भाषामा रिलिज भएको नेपाली फिल्म ‘प्रेमगीत ३’ रिलिजको दोश्रो दिनमै पाइरेसीको सिकार भएको छ । यो फिल्म अनलाइन पाइरेसीमा परेको हो । अनलाइनमा हिन्दी भाषामा तयार भएको फिल्म छ्याप्तछ्याप्ती भेटिन थालेको छ । जसले गर्दा व्यापारमा घाटा हुने देखिन्छ । नेपाली भाषामा मात्र रिलिज हुँदा कहिलेकाही युट्युबमा फिल्म पाइरेसी हुने गरेको थियो । तर, त्यसलाई मेकरले तुरुन्तै हटाउन सक्थे । तर, भारतका चर्चित फिल्महरु पाइरेसी गर्ने अनलाइनहरुबाट पाइरेसी भएका कारण पनि यसलाई हटाउन गाह्रो पर्ने देखिन्छ ।

स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको चलचित्रमा नायक प्रदीप खड्का, नायिका कृष्टिना गुरुङ तथा सुनिला थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय रहेको यो फिल्म नेपाली भाषामा २ घण्टा १५ मिनेटको भए पनि हिन्दी भाषामा भने जम्मा २ घण्टाको रहेको छ । यो  फिल्मले नेपाली बक्स अफिसमा बम्पर व्यापार गरिरहेको छ तर फिल्मले दर्शकबाट भने मिश्रित प्रतिक्रिया पाइरहेको छ ।

अहिले नेपाली चलचित्र ऐना झ्यालको पुतली, झिङ्गेदाउ र बलिउड चलचित्र ब्रह्मास्त्र पनि प्रदर्शन भइरहेका छन ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

जैमिनी नगरपालिकाकाे आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki