हिजै बेलुका त्यही ठाउँका हेमबहादुर रानाको खसीलाई चितुवाले आक्रमण गरेर घाइते बनाएपछि बालक परियारलाई समेत चितुवाले आक्रमण गरेको थियो ।
रानाले होहल्ला गरेपछि भागेको चितुवाले पुनः गाउँमा पसेर परियारलाई आक्रमण गरेको थियो । बेलुका झन्डै ६ बजेको समयमा घरको पिँढीमा खेलिरहेका उनलाई चितुवाले तानेर लगेको जानकारी पाएको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले बताउनुभयो ।
बालकलाई लैजान थालेपछि उनकी आमा पनि चितुवाको पछिपछि कुद्नुभएकाे थियाे । परियार करिब ५० मिटर टाढा पुगेर छोरालाई खोसेर ल्याउन सफल हुनुभएकाे स्थानीय वासु पन्थले जानकारी दिनुभयो । घाइते बालकको बन्दीपुर गाउँपालिका–४ डुम्रेमा रहेकाे मोती हेल्थ क्लिनिकमा प्राथमिक उपचार गरिएको थियो । उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिनुभयो ।
उनको घाँटी तथा शरीरका अन्य भागमा चाेट लागेकाे छ । केही महिनाअघि मात्रै बन्दीपुर–१ का ५ वर्षीय बालक सुप्रिम बगालेको चितुवाको आक्रमणमा परि ज्यान गएकाे थियाे । यस घटनामा एक बालिकासहित दुईजना चितुवाको आक्रमणबाट घाइते भएका थिए ।