Skip to content

follow us

baglungkhabar.tv

28th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

चन्दा संकलनबाट निर्माण हुदै मानव सेवा आश्रम भवन

bk logo final png
  • bk
  • १६ श्रावण २०७९, सोमबार १४:०२

बागलुङ, १६ साउन । मानव सेवा आश्रम बागलुङले चन्दा संकलन गरेर सुरु गरेको आफ्नै भवन निर्माण कार्यले गति लिएको छ ।

बागलुङ नगरपालिका–१ निरयघाटमा थालिएको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । गत आर्थिक बर्षमा भवन निर्माण कार्यमा ९८ लाख ४६ हजार रुपियाँ खर्च भएको छ ।

भवन निर्माण समितिका कोषाध्यक्ष सुनिता श्रेष्ठका अनसार सामाजिक विकास कार्यालयको ४६ लाख ६३ हजार, बागलुङ नगरपालिकाको आठ लाख ५१ हजार, जैमिनी नगरपालिकाले १० लाख ५३ हजार रुपियाँ उपलब्ध गराएका थिए ।

भवन निर्माणको गर्न छिमेकी जिल्ला म्याग्दीको रघुगंगा गाउँपालिकाले एक लाख ९४ हजार, जलजला गाउँपालिका पर्वतले छ लाख ६४ हजार, विभिन्न व्यक्तिसँगबाट सहयोग तथा चन्द्र संकलन १२ लाख १७ हजार तथा आश्रमको हेटौडा शाखाले दश लाख सहयोग गरेको कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो । कुल १२ करोड ५० लाख रुपियाँमा तीन वटा ब्लक बनाउने योगना छ । अहिले दुई वटा ब्लक निर्माणको काम जारी छ ।

हालसम्म एक करोड ६० लाख रुपियाँ खर्च भएको निर्माण समितिक अध्यक्ष शिव खडकाले बताउनुभयो । स्थानीय सरकार, संघीय सरकार र व्यक्तिगत रुपमा सहयोग संकलनबाट भवन तयार गर्ने उहाँको भनाई छ ।

सामाजिक विकास मन्त्रालयले चालु आर्थिक बर्षमा पनि भवनको लागि ५० लाख, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकाले समान १२ लाख, बेनी नगरपालिकाले चार लाख, गलकोट नगरपालिकाले पाँच लाख, बरेङ गाउँपालिकाले ६ लाख ५० हजार रुपियाँ विनियोजन गरेका छन् । विवाइसी सहकारीमा आबद्ध कर्मचारीले प्रतिदिन एक रुपियाँका दरले चन्दा संकलन गरी एकमुष्ट आठ लाख ६४ हजार सहयोग गरेको अध्यक्ष खडकाको भनाई छ ।

सबैलाई उपयोगी हुने सामाजिक संरचना निर्माणमा सबैको साथ र सहयोग अनिवार्य भएको समाजसेवी देवबहादुर श्रेष्ठको भनाई छ । आश्रमका संरक्षकसमेत रहनुभएको श्रेष्ठले सडक मानव मुक्त अभियान र बेसाहारालाई साहारा दिने संस्थाको विकासमा नागरिक तहबाटै अभियान सफल बन्ने विश्वास व्यक्त गर्नुभयो । आश्रममा अहिले ४६ जना असहायक मानिस बस्दै आएको आश्रमका अभिभावक सुमिरा लामाको भनाई छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

विद्यार्थीलाई सम्मान तथा बधाई

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki