Skip to content

follow us

baglungkhabar.tv

6th February 2023

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

मूल्य बढ्दा राजस्व बढ्यो

  • bk
  • १४ श्रावण २०७९, शनिबार ०८:०८

काठमाडौँ, साउन १४ गते । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिले उपभोक्ता मारमा परेका भए पनि सरकारले प्राप्त गरेको राजस्व भने बढेको छ ।

पेट्रोलियम पदार्थको मूल्यका आधारमा लिइने विभिन्न कर, महसुल र शुल्क लिने भएकाले सरकारको राजस्व सङ्कलन बढेको हो । आव २०७८/७९ मा सरकारले पेट्रोलियम पदार्थको आयातबाट एक खर्ब २० अर्ब छ करोड रुपियाँ राजस्व प्राप्त गरेको छ । यो अहिलेसम्मकै धेरै हो ।

यो आर्थिक वर्ष नेपाल आयाल निगमले तीन खर्ब १० अर्ब रुपियाँ बराबरको ३१ लाख ८९ हजार ७१६ किलोलिटर पेट्रोलियम पदार्थ आयात गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेका कारण अघिल्लो वर्षको तुलनामा दोब्बर रकमको पेट्रोलियम पदार्थ आयात भएकाले राजस्व सङ्कलनमा वृद्धि भएको निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिनुभयो ।

आव २०७८/७९ मा पेट्रोलियम पदार्थ आयात गरेर सबैभन्दा धेरै भन्सार शुल्क ४२ अर्ब ९३ करोड रुपियाँ सङ्कलन भएको छ । यस्तै पूर्वाधार विकास करमा २४ अर्ब ५३ करोड रुपियाँ र मूल्य अभिवृद्धि कर (भ्याट)मा ४२ अर्ब ५४ करोड रुपियाँ सङ्कलन भएको निगमको तथ्याङ्क छ । सडक मर्मत दस्तुर छ अर्ब ३८ करोड र वातावरण शुल्क तीन अर्ब ६८ करोड रुपियाँ सङ्कलन भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेका कारण इन्धन कारोबारमा आव २०७८/७९ मा ४८ अर्ब ४६ करोड रुपियाँ नोक्सानमा गएको निगमको भनाइ छ । आव २०७७/७८ मा यो नोक्सानी ५९ करोड रुपियाँ थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

‘सरपराइज’ दिन आउँदै गरेकी सुनवार विमान दुर्घटनामा परिन्

श्री जनकल्याण माध्यमिक विद्यालयमा निर्माणाधीन भवन(फोटोफिचर)

बाजुरामा गोली चल्दा एकको मृत्यु, केही घाइते

लोकप्रिय

सिगानामा टिपर दुर्घटना, चालकको मृत्यु

बागलुङ बजारमा बलेवा एकताको सेवा केन्द्र उद्घाटन

आजको मौसम पूर्वानुमान

चुनावी खर्च नबुझाउने बागलुङका उम्मेदवारहरु (नामावली सहित)

भर्खरै

रास्वपा सरकारबाट बाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट समर्थन फिर्ता नलिने

बेनीलाई कालीगण्डकीको कटानबाट जोगाउन पक्की पर्खाल निर्माण कार्य सुरु

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email:

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: [email protected]

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:

सिर्जना कार्की

सम्पादकः

रामु जि.सी.

संवाददाताः

खिम बहादुर कार्की

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki