Skip to content

follow us

baglungkhabar.tv

23rd April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

मूल्य बढ्दा राजस्व बढ्यो

bk logo final png
  • bk
  • १४ श्रावण २०७९, शनिबार ०८:०८

काठमाडौँ, साउन १४ गते । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिले उपभोक्ता मारमा परेका भए पनि सरकारले प्राप्त गरेको राजस्व भने बढेको छ ।

पेट्रोलियम पदार्थको मूल्यका आधारमा लिइने विभिन्न कर, महसुल र शुल्क लिने भएकाले सरकारको राजस्व सङ्कलन बढेको हो । आव २०७८/७९ मा सरकारले पेट्रोलियम पदार्थको आयातबाट एक खर्ब २० अर्ब छ करोड रुपियाँ राजस्व प्राप्त गरेको छ । यो अहिलेसम्मकै धेरै हो ।

यो आर्थिक वर्ष नेपाल आयाल निगमले तीन खर्ब १० अर्ब रुपियाँ बराबरको ३१ लाख ८९ हजार ७१६ किलोलिटर पेट्रोलियम पदार्थ आयात गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेका कारण अघिल्लो वर्षको तुलनामा दोब्बर रकमको पेट्रोलियम पदार्थ आयात भएकाले राजस्व सङ्कलनमा वृद्धि भएको निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिनुभयो ।

आव २०७८/७९ मा पेट्रोलियम पदार्थ आयात गरेर सबैभन्दा धेरै भन्सार शुल्क ४२ अर्ब ९३ करोड रुपियाँ सङ्कलन भएको छ । यस्तै पूर्वाधार विकास करमा २४ अर्ब ५३ करोड रुपियाँ र मूल्य अभिवृद्धि कर (भ्याट)मा ४२ अर्ब ५४ करोड रुपियाँ सङ्कलन भएको निगमको तथ्याङ्क छ । सडक मर्मत दस्तुर छ अर्ब ३८ करोड र वातावरण शुल्क तीन अर्ब ६८ करोड रुपियाँ सङ्कलन भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेका कारण इन्धन कारोबारमा आव २०७८/७९ मा ४८ अर्ब ४६ करोड रुपियाँ नोक्सानमा गएको निगमको भनाइ छ । आव २०७७/७८ मा यो नोक्सानी ५९ करोड रुपियाँ थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङले पायो दुई मन्त्री

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भर्खरै

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय  समाज बागलुङले सहकार्य गर्ने 

विद्युतीय गाडीले बढेको भाडा लिन नपाउने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki