पछिल्लो २४ घण्टामा बागलुङमा कोभिड–१९ का ३ संक्रमित थपिएका छन् । ६ जनाकोे एन्टिजन परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।
तीन संक्रमित थपिएसँगै बागलुङमा पछिल्लो एक हप्तामा संक्रिय संक्रमितको संख्या २९ पुगेको हो ।
संक्रमितको संख्या बढ्न थालेपछि बिहिबारदेखि बागलुङमा नै पीसीआर परीक्षण थालिएको फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।