Skip to content

follow us

baglungkhabar.tv

16th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

गर्भवती अवस्थामा ख्याल गर्नुपर्ने कुराहरु सहित डा. विनय भण्डारीको सुझाव

  • १२ श्रावण २०७९, बिहीबार १६:५४

१२ साउन, काठमाडौं- पहिलो पटक गर्भवती हुँदा उत्सुकता हुनु स्वभाविकै हो । तर, आमा बन्नुअघि धेरै कुरा ख्याल गर्नु पर्ने हुन्छ । पहिलो पटक गर्भवती हुँदा लगभग हरेक महिला अनजान हुन्छन् । हरेक पटक गर्भवती हुँदा स्वास्थ्यको विशेष ख्याल गर्नै पर्ने भए पनि पहिलो पटक प्रायः सबै महिलाका लागि चुनौतीपूर्ण हुन्छ।

स्त्री रोग विशेषज्ञ डा. विनय भण्डारीले पहिलोपटकको गर्भावस्थामा हुने शारीरिक र मानसिक परिवर्तन बारेमा जानकार नहुँदा चुनौती बढी हुने बताए । गर्भधारण गरेको प्रारम्भिक तीन महिना देखिनै सावधानी अपनाउनु पर्ने उनको सुझाव छ ।

नेपालमा धेरैले किशोरावस्थाको अन्तिमसम्ममा पहिलो बच्चा जन्माइसकेका हुन्छन् । तर, डा. भण्डारी भने आमालाई २२ वर्ष उमेर पुगेपछि पहिलो बच्चा जन्माउँदा शारीरिक र मानसिक रूपमा सहज हुने बताउँछन् ।

गर्भवती भएको कसरी थाहा पाउने ?

नियमित महिनावारी भइरहेको महिलाको जब महिनावारी रोकिन्छ त्यसपछि गर्भ रहेको नरहेको जाँच गर्न गर्नुपर्ने हुन्छ । त्यसको लागि हस्पिटलमा रगत परीक्षणबाट र घरमैसमेत किट मार्फत आफै जाँच गर्न सकिन्छ । औषधि पसलबाट ल्याएको किट प्रयोग गरेर पिसाब मार्फत गर्भ रहे नरहेको जाँच गर्न सिकिन्छ ।

उक्त किटमा दुई तीन थोपा पिसाब राखे पछि दश मिनेट जति समयमा त्यसले नतिजा दिन्छ । उक्त किटमा एउटा भए नरहेको र दुइवटा धर्का भए गर्भ रहेको भन्ने बुझ्नु पर्दछ । महिनावारी नियमित नहुनेले पनि संका लागेमा यसरी जाँच गर्दा थाहा पाउन सकिन्छ । यसरी जाँच पछि गर्भ रहेको थाहा पाए पछि परिवारमा सरसल्लाह गरेर डाक्टरबाट थप सल्लाह लिनु राम्रो हुन्छ ।

यदि बच्चा जन्माउने योजनामा हुनुहुन्छ भने पनि सुरुमै डाक्टरको सल्लाह लिँदा राम्रो हुन्छ । अहिले मान्छेमा बढेको चेतनाले पनि प्लानीङबारे डाक्टरसँग सल्लाह लिने पनि बढिरहेका छन् । बच्चा जन्माउने योजनामा भए मध्यपान धुम्रपान गर्ने भए छोड्नु नै अति आवश्यक र राम्रो हुन्छ । त्यस्तै छालाको रोग सम्बन्धी औषधि सेवन गरिरहेको भए पनि त्यलाई छोड्नु पर्ने हुन्छ ।

गर्भावस्थामा ध्यान दिनु पर्ने कुराहरू 

पिसाब वा रगत परीक्षणबाट गर्भ रहेको पुष्टि भइसकेपछि चिकित्सकको सल्लाहमा अल्ट्रासाउन्ड गर्नुपर्ने हुन्छ । डा. भण्डारीका अनुसार अल्ट्रासाउन्डबाट भ्रूणको स्थान पत्ता लगाउन सकिन्छ । भ्रूण सही स्थानमा नभए उपचार गर्नुपर्ने हुन्छ ।

गर्भावस्थाको समयमा खानपिनमा पनि विशेष ध्यान दिनु पर्ने हुन्छ । गर्भ अवस्थाको सुरुवाती दिनमा भिटामिन बि भएका खानेकुरा महत्त्वपूर्ण मानिन्छ । राम्रो सँग पाकेका फलफूल खान सकिन्छ । त्यस्तै घरमा बनेका खानेकुरा खानुपर्दछ । त्यस्तै मह दिनमा एक चम्चासम्म खादा त्यसले फाइदा गर्छ । दिनमा बढीमा दुई कपसम्म कफी पिउन मिल्छ । घरमा कुकुर बिरालोबाट टाढा रहनुपर्दछ ।

गर्भ रहेको पहिलो तीन महिना पछि नै भिडियो एक्सरे गर्नुपर्ने हुन्छ । परीक्षणमा कुनै समस्या देखिएमा चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्छ । तीन महिनापश्चात् अनिवार्य डाक्टरको सरसल्लाह लगिराख्नु राम्रो हुन्छ । बच्चा जन्मिने समय पुग्न लाग्दा नियमित चिकित्सकको सम्पर्कमा रहनु पर्ने हुन्छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

ग्रेस इन्टरनेसनल बागलुङको शिक्षा मेला

भर्खरै

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

बागलुङले पायो दुई मन्त्री

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki