काठमाडौं, ११ साउन । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा प्रकाशित गरेको छ ।
भर्खर मात्र पत्रकार सम्मेलन गरेर राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले परीक्षाफल प्रकाशित भएको जानकारी दिनुभएको छ ।
केहीबेर अघि बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
यस वर्षको परीक्षामा पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र यसबर्षको एसइईको परीक्षामा सहभागी भएका थिए ।
नतिजा थाहा पाउन तल पढ्नुहोस् :
एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सक्नेछन ।
परीक्षा नियन्त्रण कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ।
एसएमएसका लागि सर्टकोडहरू ३५००१, ३४९४९, ३१००३ र १६०० छन्।
तलका वेब साइटमध्ये कुनैपनि वेबसाइटबाट नतिजा हेर्न सकिने छ ।
www.see.gov.np
www.neb.gov.np
www.see.ntc.net.np
www.khalti.com
www.neemaacademy.com
www.theconnectplus.com
www.see.edusanjal.com
www.admissionnepal.com