बागलुङको बुर्तिवाङबाट बुटवलका लागि हिडेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लघुवामा आज दिउँसो करिब ४ बजेतिर दुर्घटना भएको छ ।
दुर्घटना हुँदा ६ जनाको निधन भएको छ भने १७ जना यात्रुहरु घाइते भएका छन् । घाइतेहरुको तानसेस अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाको कारण अझै पनि खुल्न सकेको छैन । दुर्घटना सम्बन्धी थप पुष्टि हुन अझै बाँकी रहेको छ ।










