Skip to content

follow us

baglungkhabar.tv

14th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

कालीगण्डकी करिडोर धमाधम कालोपत्र

bk logo final png
  • बागलुङखबर
  • ५ श्रावण २०७९, बिहीबार १५:२३

पर्वत, ५ साउन । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वत खण्डको काम धमाधम भइरहेको छ । पर्वत र स्याङ्जा खण्डमा अहिले स्तरोन्नतिको काम भइरहेको छ ।

उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको अर्मादीबाट स्याङ्जाको मिर्मीसम्मको ५४ किमी सडकखण्डको स्तरोन्नतिका साथै कालोपत्र गर्ने काम ६ निर्माण कम्पनीले गरिरहेका छन् । उक्त खण्डको मिर्मीबाट फलेवास ढिकसम्मको सडकखण्डमा कालोपत्रका लागि काम भइरहेको छ । सेतीवेणीबाट फलेवास ढिकसम्मको सडकखण्डमा कालोपत्र पनि धमाधम भइरहेको छ ।

करिडोरअन्तर्गत फलेवास–मोदीवेणी–अर्मादी सडकखण्डको ट्रयाक ओपन हालै ब्रेक थ्रु भएको छ । मोदीवेणी नजिकैको भिरमा काम गर्ने क्रममा दुर्घटना भएपछि रोकिएको काम हालै ब्रेक थ्रु भएको सूचना अधिकारी पवित्रमणि आचार्यले जानकारी दिए । अब उक्त खण्डमा वर्षायाम रोकिएलगत्तै थप स्तोरन्नतिको काम सुरु हुने छ । यसअघि सो खण्डको स्तरोन्नतिको जिम्मा लिएको सूर्य कन्सट्रक्शनको लापरवाहीका कारण कामले गति लिन सकेको थिएन ।

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वत खण्डको फलेवास–मोदीवेणी–अर्मादी सडकखण्डको कामले बल्ल गति लिएको छ । रू. नौ करोड १७ लाख ४९ हजारको लागतमा निर्माण हुन लागेको उक्त खण्डको फलेवास ढिकबाट मोदीवेणीसम्म ट्रयाक पहिल्यै खुलेको हो । मोदीवेणीबाट अर्मादीको खण्ड हालै सञ्चालनमा आएको छ ।

सेतीवेणीबाट पर्वतको रानीपानीसम्म सात किलोमिटर सडकमा प्यासिफक जलजला जेभीले कालोपत्रको काम गरेको छ । यो खण्डको काम तीव्रगतिमा भएको छ । यो खण्ड अन्य काम सकेर कालोपत्रको चरणमा रहेको कालीगण्डकी करिडोर आयोजनाले जनाएको छ । रानीपानीबाट फलेवास ढिकसम्मको २२ किमी सडकमा पनि कालोपत्र गर्न दुई निर्माण कम्पनीले काम धमाधम गरिरहेका छन् ।

उक्त खण्डको रानीपानीबाट खबरको भिरसम्म ६ किमी सडकको काम महालक्ष्मी पाण्डे एण्ड कम्पनी जेभीले गरेको छ । यो खण्ड कालोपत्र भइसकेको आयोजनाले जनाएको छ । त्यसैगरी खबरको भिरबाट फलेवास ढिकसम्मको सडकखण्डको १६ किमीमा स्वच्छन्द वल्र्डवाइड ओमबुद्ध जेभीले स्तारोन्नति र कालोपत्र गर्ने काम गरिरहेको आयोजनाका सूचना अधिकारी आचार्यले जानकारी दिए । सेतीवेणीबाट फलेवास सडकखण्ड यसै आर्थिक वर्षमा कालोपत्र सम्पन्न गर्ने लक्ष्य छ ।

सेतीवेणीबाट फलेवास ढिकसम्मको सडकखण्डमा सन्तोषजनक काम भएको छ । मिर्मीबाट सेतीवेणीसम्मको सडक स्तरोन्नतिका साथै कालोपत्र गर्न दुई निर्माण कम्पनीले काम थालेका छन् । उक्त खण्डको तीन किमी सडक काष्ठमण्डप कालीमनकामना जेभीले गरेको छ भने सात किमी सडकको काम महादेव खिम्ती अञ्जना पराजुली जेभीले गरेको छ ।

उक्त सडकखण्डमा पनि कालोपत्रका लागि अहिले स्तरोन्नति तथा फाउण्डेशनको काम भइरहेको छ । मिर्मीबाट सेतीवेणीबीचको भिरमा कडा चट्टान परेका कारण कामले गति लिन नसकेको हो । उक्त स्थानमा चट्टान फोड्न विस्फोटनको तयारीसमेत गरिएको छ । कडा चट्टान हुँदा उक्त खण्डको काम सन्तोषजनक हिसाबले अगाडि बढ्न सकेको छैन ।

लमाएखोलामा पुल बनाउने काम अघि बढेको आचार्यले जानकारी दिए । भौगोलिक कठिनाइ र प्राविधिक समस्याले पुलको काम ढिला भएको हो । तत्कालका लागि बेलीब्रिज निर्माण गरेर गाडी गुड्ने बनाइने छ । चौध किमी सडकखण्डका लागि कार्यालयले ट्रयाक खोल्ने, ग्राभेल गर्ने र कल्भर्ट तथा पर्खाललगायतको काम गर्ने गरी २०७३ असारमा सूर्य कन्सट्रक्शनसँग सम्झौता भएको हो । अहिले सबै खण्डमा धमाधम काम भइरहेको छ ।

कालीगण्डकी लोकमार्गलाई धार्मिकमार्गका रूपमा हेरिएको छ । लुम्बिनीबाट मुक्तिनाथ र यसबीचमा पर्ने स्याङ्जाको राम्दी, सेतीवेणी, पुर्तीघाट, मोदीवेनी दिव्यधामजस्ता धार्मिकस्थललाई यो राजमार्गले छोएको छ । त्यस्तै कृषिको विकासमा पनि कालीगण्डकी लोकमार्ग वरदान सावित हुने देखिन्छ । विकासको मेरुदण्ड मानिएको कालीगण्डकी करिडोर पर्वत, स्याङ्जा खण्डमा जनप्रतिनिधिले समयमै काम सम्पन्न गर्न नियमित खबरदारी गरिरहेका छन् । रासस

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन जिप्रका बागलुङको स्थानीय तहलाई निर्देशन

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki