Skip to content

follow us

baglungkhabar.tv

25th September 2023

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

कालीगण्डकी करिडोर धमाधम कालोपत्र

  • बागलुङखबर
  • ५ श्रावण २०७९, बिहीबार १५:२३

पर्वत, ५ साउन । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वत खण्डको काम धमाधम भइरहेको छ । पर्वत र स्याङ्जा खण्डमा अहिले स्तरोन्नतिको काम भइरहेको छ ।

उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको अर्मादीबाट स्याङ्जाको मिर्मीसम्मको ५४ किमी सडकखण्डको स्तरोन्नतिका साथै कालोपत्र गर्ने काम ६ निर्माण कम्पनीले गरिरहेका छन् । उक्त खण्डको मिर्मीबाट फलेवास ढिकसम्मको सडकखण्डमा कालोपत्रका लागि काम भइरहेको छ । सेतीवेणीबाट फलेवास ढिकसम्मको सडकखण्डमा कालोपत्र पनि धमाधम भइरहेको छ ।

करिडोरअन्तर्गत फलेवास–मोदीवेणी–अर्मादी सडकखण्डको ट्रयाक ओपन हालै ब्रेक थ्रु भएको छ । मोदीवेणी नजिकैको भिरमा काम गर्ने क्रममा दुर्घटना भएपछि रोकिएको काम हालै ब्रेक थ्रु भएको सूचना अधिकारी पवित्रमणि आचार्यले जानकारी दिए । अब उक्त खण्डमा वर्षायाम रोकिएलगत्तै थप स्तोरन्नतिको काम सुरु हुने छ । यसअघि सो खण्डको स्तरोन्नतिको जिम्मा लिएको सूर्य कन्सट्रक्शनको लापरवाहीका कारण कामले गति लिन सकेको थिएन ।

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वत खण्डको फलेवास–मोदीवेणी–अर्मादी सडकखण्डको कामले बल्ल गति लिएको छ । रू. नौ करोड १७ लाख ४९ हजारको लागतमा निर्माण हुन लागेको उक्त खण्डको फलेवास ढिकबाट मोदीवेणीसम्म ट्रयाक पहिल्यै खुलेको हो । मोदीवेणीबाट अर्मादीको खण्ड हालै सञ्चालनमा आएको छ ।

सेतीवेणीबाट पर्वतको रानीपानीसम्म सात किलोमिटर सडकमा प्यासिफक जलजला जेभीले कालोपत्रको काम गरेको छ । यो खण्डको काम तीव्रगतिमा भएको छ । यो खण्ड अन्य काम सकेर कालोपत्रको चरणमा रहेको कालीगण्डकी करिडोर आयोजनाले जनाएको छ । रानीपानीबाट फलेवास ढिकसम्मको २२ किमी सडकमा पनि कालोपत्र गर्न दुई निर्माण कम्पनीले काम धमाधम गरिरहेका छन् ।

उक्त खण्डको रानीपानीबाट खबरको भिरसम्म ६ किमी सडकको काम महालक्ष्मी पाण्डे एण्ड कम्पनी जेभीले गरेको छ । यो खण्ड कालोपत्र भइसकेको आयोजनाले जनाएको छ । त्यसैगरी खबरको भिरबाट फलेवास ढिकसम्मको सडकखण्डको १६ किमीमा स्वच्छन्द वल्र्डवाइड ओमबुद्ध जेभीले स्तारोन्नति र कालोपत्र गर्ने काम गरिरहेको आयोजनाका सूचना अधिकारी आचार्यले जानकारी दिए । सेतीवेणीबाट फलेवास सडकखण्ड यसै आर्थिक वर्षमा कालोपत्र सम्पन्न गर्ने लक्ष्य छ ।

सेतीवेणीबाट फलेवास ढिकसम्मको सडकखण्डमा सन्तोषजनक काम भएको छ । मिर्मीबाट सेतीवेणीसम्मको सडक स्तरोन्नतिका साथै कालोपत्र गर्न दुई निर्माण कम्पनीले काम थालेका छन् । उक्त खण्डको तीन किमी सडक काष्ठमण्डप कालीमनकामना जेभीले गरेको छ भने सात किमी सडकको काम महादेव खिम्ती अञ्जना पराजुली जेभीले गरेको छ ।

उक्त सडकखण्डमा पनि कालोपत्रका लागि अहिले स्तरोन्नति तथा फाउण्डेशनको काम भइरहेको छ । मिर्मीबाट सेतीवेणीबीचको भिरमा कडा चट्टान परेका कारण कामले गति लिन नसकेको हो । उक्त स्थानमा चट्टान फोड्न विस्फोटनको तयारीसमेत गरिएको छ । कडा चट्टान हुँदा उक्त खण्डको काम सन्तोषजनक हिसाबले अगाडि बढ्न सकेको छैन ।

लमाएखोलामा पुल बनाउने काम अघि बढेको आचार्यले जानकारी दिए । भौगोलिक कठिनाइ र प्राविधिक समस्याले पुलको काम ढिला भएको हो । तत्कालका लागि बेलीब्रिज निर्माण गरेर गाडी गुड्ने बनाइने छ । चौध किमी सडकखण्डका लागि कार्यालयले ट्रयाक खोल्ने, ग्राभेल गर्ने र कल्भर्ट तथा पर्खाललगायतको काम गर्ने गरी २०७३ असारमा सूर्य कन्सट्रक्शनसँग सम्झौता भएको हो । अहिले सबै खण्डमा धमाधम काम भइरहेको छ ।

कालीगण्डकी लोकमार्गलाई धार्मिकमार्गका रूपमा हेरिएको छ । लुम्बिनीबाट मुक्तिनाथ र यसबीचमा पर्ने स्याङ्जाको राम्दी, सेतीवेणी, पुर्तीघाट, मोदीवेनी दिव्यधामजस्ता धार्मिकस्थललाई यो राजमार्गले छोएको छ । त्यस्तै कृषिको विकासमा पनि कालीगण्डकी लोकमार्ग वरदान सावित हुने देखिन्छ । विकासको मेरुदण्ड मानिएको कालीगण्डकी करिडोर पर्वत, स्याङ्जा खण्डमा जनप्रतिनिधिले समयमै काम सम्पन्न गर्न नियमित खबरदारी गरिरहेका छन् । रासस

Share

प्रतिक्रिया

थप समाचारहरु

मंगलबार सुनको मूल्य ३ सय रुपैयाँले बढ्यो

ट्राफिक सप्ताह २०८० कार्यक्रम भव्यताका साथ सुरु

श्री मेहर गणले जित्यो प्रथम अर्ना जेसिज कप फुटबलको उपाधि

लोकप्रिय

बानपाले क्रिकेटर करण र सुवासलाई नगदसहित सम्मान गर्ने

बागलुङ सिगानाका पुरुषद्वारा पेट्रोल छर्केर आत्मदाहको प्रयास

आफैले थापेको जालमा परेर एक जनाको ज्यान गयो

ताराखोलाको होमस्टेमा जैविक खानाको स्वाद !

भर्खरै

गुराँस विद्या सदन बागलुङका साना विद्यार्थीहरुको सुन्दर नृत्य

भारतसँग पाकिस्तान ठूलो रन अन्तरले पराजित

संविधान सभा अध्यक्ष नेम्बाङको हृदयाघातबाट निधन

ताराखोलामा परम्परागत ‘सिस्नो खोस्ने भदौरे पर्व’ अहिले पनि प्रचलनमा

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email:

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:

सिर्जना कार्की

सम्पादकः

रामु जि.सी.

संवाददाताः

खिम बहादुर कार्की

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki