Skip to content

follow us

baglungkhabar.tv

4th June 2023

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

प्रधानमन्त्री कृषि परियोजनामा जनशक्ति अभाव

  • बागलुङखबर
  • ५ श्रावण २०७९, बिहीबार १५:२०

बागलुङ, ५ साउन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना निमित्तका भरमा चलेको छ । यहाँस्थित परियोजना कार्यान्वयन एकाइ नौ महीनादेखि वरिष्ठ कृषि अधिकृतविहीन छ । एकाइ प्रमुखमा उपसचिव तहको दरबन्दी रहे पनि अहिले कृषि अधिकृत सुजित पौडेलले नै उक्त जिम्मेवारी सम्हाल्दै आएका छन् । तल्लो पदमा पनि दरबन्दी रिक्त छ ।

जनशक्ति अभावले परियोजना सञ्चालनमा चुनौती थपेको एकाइका निमित्त प्रमुख पौडेलले बताए । उनका अनुसार नायब प्राविधिक सहायकमा आठ जनाको दरबन्दी रहे पनि तीन जना मात्र कार्यरत छन् । कृषि अधिकृतमा पनि एक जनाको दरबन्दी रिक्त छ । स्वीकृत दरबन्दीअनुसार कूल २० जना कर्मचारी हुनुपर्नेमा अहिले १३ जना मात्र सेवामा छन् ।

‘न्यून जनशक्ति हुँदा एकातिर कामको बोझ थपिन्छ, त्यसले कार्यप्रगतिमा पनि असर पुर्‍याइरहेको हुन्छ,’ उनले भने, ‘गत कात्तिकदेखि वरिष्ठ कृषि अधिकृतको दरबन्दी रिक्त छ, प्राविधिक नहुँदा आठ जनाको काम तीन जनाले गर्नुपर्ने स्थिति छ ।’ बागलुङसहित पर्वत र गुल्मीका दुई स्थानीय तहसमेत कार्यक्षेत्र रहेको एकाइले जनशक्तिसँगै स्रोतसाधनको पनि अभाव झेल्दै आएको छ । विसं २०७३ बाट शुरू भएको परियोजनाको एकाइ कार्यालय जिल्ला समन्वय समितिको कोठाबाट सञ्चालित छ । रासस

Share

प्रतिक्रिया

थप समाचारहरु

मंगलबार सुनको मूल्य ३ सय रुपैयाँले बढ्यो

ट्राफिक सप्ताह २०८० कार्यक्रम भव्यताका साथ सुरु

श्री मेहर गणले जित्यो प्रथम अर्ना जेसिज कप फुटबलको उपाधि

लोकप्रिय

बानपाले क्रिकेटर करण र सुवासलाई नगदसहित सम्मान गर्ने

बागलुङ सिगानाका पुरुषद्वारा पेट्रोल छर्केर आत्मदाहको प्रयास

विश्वकप लिग टु अन्तर्गत नेपालले आज पीएनजीसँग खेल्दै

कस्ता व्यक्ति सधै युवा रहन्छन् ?

भर्खरै

गुडिरहेको गाडीबाट खसेर एक महिलाको मृत्यु

भारतको ओडिशा राज्यमा रेल दुर्घटनामा परी २३३ यात्रुको मृत्यु

भ्रष्टाचार मुद्दामा सहसचिव चुडामणि शर्मासहित तीन जना दोषी ठहर

पोखरामा लागूऔषधसहित १ जना पक्राउ

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email:

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:

सिर्जना कार्की

सम्पादकः

रामु जि.सी.

संवाददाताः

खिम बहादुर कार्की

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki