Skip to content

follow us

baglungkhabar.tv

15th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

म्याग्दीमा एक वर्षमा १९ किलोमिटर सडक कालोपत्र

  • २९ असार २०७९, बुधबार १२:१७

ठाकुरप्रसाद आचार्य

म्याग्दी, २९ असार । म्याग्दीमा एक वर्षको अवधिमा १९ किलोमिटर सडक कालोपत्र भएको छ । चालु आर्थिक वर्षमा बेनी जोमसोम कोरला सडक आयोजना, पूर्वाधार विकास कार्यालय म्याग्दी र सघन सहरी विकास डिभिजन कार्यालय बागलुङले गरेर जिल्ला भित्रका विभिन्न स्थानहरुमा १९ किलोमिटर छ सय ७० मिटर सडक कालोपत्र गरिएको हो ।

बेनी–जोमसोम कोरला सडक आयोजनाले गलेश्वर देखि रघुगंगा गाउँपालिका १ बेगखोला सम्म विभिन्न स्थानमा गरेर यसवर्ष ५ किलोमिटर सडक कालोपत्र गरेको आयोजनाका प्रमुख जगत प्रजापतिले जानकारी दिनुभयो । यसैगरी पूर्वाधार विकास कार्यालय म्याग्दीले जिल्ला भित्र सञ्चालित योजना मार्फत १३ किलोमिटर ८ सय ७० मिटर र सघन सहकारी विकास डिभिजन कार्यालय बागलुङ मार्फत एककिलो मिटर आठसय मिटर सडक कालोपत्र गरिएको छ ।

बेनी –बागलुङ सडक अन्तर्गत बेनी नगरपालिका २ खबर देखि हाँडेभिर स्थित बेलीब्रीज पुलको मुखसम्म एक किलोमिटर दुईसय मिटर सडक कालोपत्र गरिएको छ । यो सडक कालोपत्र गर्न बिरुवा–सिमरन जेभीले वि.स. २०७७ साउनमा कर सहित पाँच करोड ४३ लाख रुपियाँमा ठेक्का सम्झौता गरेको थियो ।

कोरोनाका कारण केही महिना ढिला भएपनि थपिएको म्याद भित्र निर्माण व्यवसायीले सडक कालोपत्र गर्ने योजना सम्पन्न गरेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले बताउनुभयो । कच्ची,साँघुरो र ग्रेड तथा घुम्ती नमिलेको सडकलाई फराकिलो बनाई सात मिटरका दरले डिबिएसडी प्रविधिको कालोपत्र गरिएको उहाँले बताउनुभयो ।

पूर्वाधार विकास कार्यालय म्याग्दीले जिल्लाका तिन गाउँपालिका मंगला,मालिका र धवलागिरिलाई सदरमुकामसँग जोड्ने जिल्लाको रणनीतिक महत्वको बेनी दरबाङ सडक अन्तर्गत पहिलो चरणमा बेनी देखि मंगला गाउँपालिका २ सिमसम्म १२ किलोमिटर पाँचसय ८५ मिटर दुरीको सडक कालोपत्र गरेको छ ।

लामा समानान्तर निर्माण कम्पनीसँग ४७ करोड ८७ लाख ९३ हजार रुपियाँमा ठेक्का सम्झौता गरि निर्माण गरिएको हो । योजना अन्तर्गत सडक विस्तार गरेर फराकिलो,नाली र पर्खाल निर्माण गरी ११ मिटर फराकिलो सडकमा ७ मिटर चौढाईका दरले डिबिएसटी प्रविधिको कालोपत्र कार्य असारको तेस्रो हप्तामा सम्पन्न भएको पूर्वाधार कार्यालय म्याग्दीका प्रमुख अधिकारीले बताउनुभयो ।

सघन सहरी विकास डिभिजन कार्यालय बागलुङ मार्फत ठेक्का लगाएर बेनी नगरपालिका ७ मंगलाघाट देखि बेनी नगरपालिका २ बगरफाँटको कोटखोला सम्म गरेर एक किलोमिटर आठसय मिटर सडक कालोपत्र भएको छ । देब एण्ड सायर बिएन त्रिशक्ति जेभीले ५ करोड रुपियाँ लागतमा उक्त सडक कालोपत्र गरेको हो ।

यस्तै मंगला गाउँपालिकाको सिम देखि लाम्पाटा सम्मको साढे दुई किलोमिटर सडक स्तरोन्नती सहित कालोपत्र गर्न ओमबुद्ध निर्माण सेवा सँग गत पुस १८ गते १० करोड ७० लाख २१ हजार रुपियाँमा ठेक्का सम्झौता भएको छ । १८ महिना भित्र सक्ने गरी सम्झौता भएको कार्यालयले जनाएको छ । सडकलाई आठ मिटर फराकिलो बनाएर सात मिटर चौढाईमा कालोपत्र,नाली र पर्खाल निर्माण गरिने कार्यालयले जनाएको छ । निर्माण व्यसायीले यतिखेर सडक स्तरोन्नतीको काम थालेको कार्यालयले जनाएको छ ।

यसैगरी बेनी नगरपालिकाले बेनी बजार क्षेत्रमा कालोपत्र गरिएको ६ सय मिटर सडकलाई मर्मत सम्भार गर्नुका साथै एक किलोमिर दुईसय मिटर सडक ढलान गरेको बेनी नगरका इन्जिनियर विमल रञ्जन कार्कीले जानकारी दिनुभयो । सडक कालोपत्र भएसँगै वर्षातका समयमा हिलो र हिउदका समयमा धुलोका कारण आवतजावतमा हुने समस्या हटेर सफा र चिटिक्क सडकमा यात्रा गर्न पाउँदा स्थानीयवासीहरु खुशी भएका छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki