Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

पर्वतमा बस र जीप ठोक्किँदा बागलुङका एक जनाको मृत्यु

bk logo final png
  • बागलुङ खबर
  • ४ जेष्ठ २०७९, बुधबार २०:३८

बागलुङ, ४ जेठ । पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित परादी नजिकै भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छभने १३ जना घाइते भएका छन् ।

बागलुङबाट पोखरा जाँदै गरेको ग १ ज ७२५६ नम्बरको टाटा सुमो जीप र पोखराबाट कुश्मा आउँदै गरेको ग १ ख ५२१८ नम्बरको बस जुध्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।

दुर्घटनामा बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशका ३१ बर्षिय लाल बहादुर थापाको मृत्यु भएको प्रनि अधिकारीले बताए । दुर्घटनामा घाईते भएका थापाको उपचारका लागि पर्वत अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिप सडकबाट हुत्तिएर नालीमा पुगेको थियो । केही घाइतेहरूलाई जिपभित्रै च्यापिएको अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य यात्रुहरुले उद्धार गरेका थिए । घाइते सबैलाई उपचारको लागि पर्वत अस्पतालमा लगिएको छ । केहीको अवस्था गम्भीर रहेकोले पोखरा पठाउने तयारी गरिएको र अन्य घाइतेहरूको पनि परीक्षण र उपचार चलिरहेको जिल्ला प्रहरी कार्यलय पर्वतले जनाएको छ ।

ट्राफिक प्रहरी नारायण श्रेष्ठका अनुसार बस गलत लेनमा रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

सच्चाइएको: दुर्घटनामा मृत्यु भएका थापाको ठेगाना काठेखोला गाउँपालिका-७ रेश हुनुपर्नेमा अन्यथा भएकोले सच्चाइएको छ । यशबाट पाठकवर्गमा पर्न गएको असुबिधा प्रती क्षमाप्राथी छौ । – सम्पादक

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki