Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

४८० जनाले गरे सगरमाथाको आरोहण

  • ४ जेष्ठ २०७९, बुधबार ०९:२१

काठमाडौं, ४ जेठ । यस वर्षको वसन्त ऋतुमा जारी पर्वतारोहणतर्फ मङ्गलबारसम्म झन्डै ४८० जनाले सगरमाथाको आरोहण गरेका छन् ।

आरोहणका लागि यस वर्षको सुरुवाती मौसमले साथ दिएका कारण यतिको सङ्ख्याका आरोहीले आरोहण गरेको पर्यटन विभागले जनाएको छ । अहिलेकै जस्तो मौसमले साथ दिए अबको एक हप्ताभित्र यो सिजनको आरोहण सकिनेसमेत विभागको अनुमान छ ।

विभागका पर्वतारोहण शाखा अधिकृत भीष्मराज भट्टराईका अनुसार जारी सिजनमा साना हिमाल आरोहण गर्ने अधिकांशले आरोहण पूरा गरिसकेका छन् भने सगरमाथा आरोहण पनि अघिल्ला वर्षको तुलनामा सुरक्षित र समयमै सम्पन्न हुन लागेको छ । अहिलेको तयारीअनुसार अब कसैले अनुमति नलिए मे २८ भित्र सगरमाथा आरोहण सकेर डोरी निकाल्ने काम सम्पन्न हुनेछ ।

यो सिजनमा विभिन्न २७ हिमाल आरोहणका लागि १२३ समूहका ९६८ आरोहीले आरोहण अनुमति लिएका छन् । तीमध्ये सबैभन्दा धेरै सगरमाथा हिमाल आरोहणका लागि ४२ आरोही समूहका ३१९ आरोहीले अनुमति लिएका हुन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki