Skip to content

follow us

baglungkhabar.tv

23rd September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

गलकोट नगरपालिकामा गठबन्धन विजयी

bk logo final png
  • बागलुङ खबर
  • २ जेष्ठ २०७९, सोमबार ०८:५३

बागलुङ, २ जेठ । बागलुङको गलकोट नगरपालिकामा पाँच दलिय गठबन्धनले जितेको छ ।

नगरप्रमुखमा गठबन्धनबाट नेपाली काँग्रेसका भरत शर्मा गैरेले ५ हजार ४ सय १४ मतसहित विजयी भएका छन् । गैरेले उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पूर्ण बहादुर काउचालाई १ हजार ८ सय ९५ मतान्तरले पछि पारे । एमालेका उम्मेदवार काउचाले हजार ५ सय १९ मत प्राप्त गरेभने स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा चालिसेले ३ हजार २ सय ६२ मत प्राप्त गरेकी छिन् ।

उपप्रमुखमा नेकपा माओवादी केन्द्रका फमलाल निउरेले ६ हजार ३९ मतले विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार रुपा विकले ३ हजार ५७ मत प्राप्त गरिन् ।

गलकोट नगरपालिकाका ११ वडा मध्य १ वडाको वडाअध्यक्षमा नेकपा एमाले विजयी भएको छभने अन्य वडामा गठबन्धनका उम्मदेवार विजयी भएका छन् ।

गलकोट नगरपालिका वडा नम्बर १ को वडाअध्यक्षमा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका लाल बहादुर साना, वडा नम्बर २ को वडाअध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसका हिम बहादुर भण्डारी, वडा नम्बर ३ को वडाअध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसका फम बहादुर खत्री, वडा नम्बर ४ को वडाअध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसका बल बहादुर खत्री, वडा नम्बर ५ को वडाअध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसका पवन हमाल र वडा नम्बर ६ को वडाअध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका राम प्रसाद कंडेल विजयी भएका छन् ।

यस्तै वडा नम्बर ७ को वडाअध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका राज बहादुर थापा, वडा नम्बर ८ को वडा अध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसका तेज प्रसाद सापकोटा, वडा नम्बर ९ को वडा अध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसका तेज बहादुर थापा र वडा नम्बर १० को वडा अध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसका भक्त बहादुर काउचा निर्वाचित भएका छन् । यस्तै वडा नम्बर ११ मा नेकपा एमालेका डम्मर बहादुर श्रीस विजयी भएका छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

भीषण बाढी: तमानखोला गाउँपालिकाका ९ जना नागरिक सम्पर्कविहीन

भर्खरै
तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki