Skip to content

follow us

baglungkhabar.tv

23rd September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

पिठ्युँमा बच्चा बोकेर मत माग्दै उम्मेदवार

  • ठाकुरप्रसाद आचार्य
  • २३ बैशाख २०७९, शुक्रबार १०:१९

बेनी (म्याग्दी), २३ बैशाख । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट अध्यक्ष पदका उम्मेदवार २७ वर्षीय मीना विश्वकर्मा दूधेबच्चा पिठ्युँमा बोकेर घरदैलोमा हुनुहुन्छ ।गरिब तथा विपन्न परिवारकी मीनालाई चुनाव लड्न आर्थिक र पारिवारिक रूपमा सहज थिएन । उम्मेदवार विश्वकर्माले भन्नुभयो, “मसँग पैसा थिएन तर पार्टीले सम्मान गरेर टिकट दियो । उच्च मनोबलसाथ चुनावी मैदानमा उत्रिएकी छु । विश्वास छ– मलाई जनताले विजयी गराउनेछन् ।”

एउटा हातमा पार्टीको झन्डा अर्को हातमा झोला । पिठ्युँमा तीन वर्षको छोरा बोकेर चुनावी मैदानमा उत्रिनुभएकी उहाँलाई पार्टीका जिल्लास्तरका नेता तथा कार्यकर्ताको बलियो साथ र सहयोग मिलेको छ । माध्यमिक तहसम्मको अध्ययन पूरा गर्नुभएकी विश्वकर्मा दूधेबालक बोकेरै गाउँपालिकाका विकट बस्ती कुइनेमङ्गले, चिमखोला, पाखापानीलगायतका गाउँमा घरदैलो गरिरहनुभएको छ ।

रघुगङ्गामा गाउँपालिकामा नेपाली काँग्रेसका तर्फबाट अध्यक्ष पदमा भवबहादुर भण्डारी र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट प्रेमबहादुर कार्की हुनुहुन्छ । त्यस्तै, स्वतन्त्रबाट सागर भण्डारी प्रतिस्पर्धामा हुनुहुन्छ । मतदाताको घर–घरमा पुग्नुभएकी मीनालाई स्थानीयवासीले खुट्टा ढोगेर विजयीको शुभकामनासमेत दिएका छन् ।

दलित मुक्तिका लागि माओवादीले गरेको सङ्घर्षलाई स्मरण गराउँदै विश्वकर्माले सत्तामा पैसाको खोलो बगाउनेहरूमात्रै पुग्ने थलोका रूपमा चित्रण हुन थालेकोप्रति सङ्केत गर्दै गाउँमा आफ्नो पौरख गरेर खानेहरू पनि सत्ता सञ्चालनको हकदार हुने बताउनुभएको छ । दलित र महिलालाई क्षमता भए पनि अवसर नहुने गरेको बताउँदै उहाँले मतदाताले विवेक प्रयोग गर्न सकेमा आफूहरूजस्ता नयाँ सोच र योजना लिएर अगाडि बढेको व्यक्तिहरू गाउँपालिकाको नेतृत्वमा पुग्ने बताउनुभयो । हरेक परिवर्तनका सङ्घर्ष र आन्दोलनमा गरिब, विपन्न, आदिवासी जनजाति, दलित, महिला र पछाडि परेका समुदायबाट ठूलो योगदान भए पनि सत्ता सञ्चालनमा उनीहरूलाई अवसर नदिइएको बताउँदै परिवर्तनको नेतृत्व गरेको पार्टीले मात्रै परिवर्तनलाई संस्थागत गर्न सक्षम हुने उहाँको भनाइ छ ।

स्थानीय तह निर्वाचनमा तीन महिला पालिका प्रमुखको प्रतिस्पर्धामा चुनावी मैदानमा उत्रनुभएको छ । रघुगङ्गा गाउँपालिका, धवलागिरि गाउँपालिका र बेनी नगरपालिकाको मेयरमा माओवादी, एमाले र राप्रपाबाट तीन महिला चुनावी मैदानमा छन् । रघुगङ्गाको अध्यक्षमा माआ‍ेवादीबाट मीना विश्वकर्मा, धवलागिरिको अध्यक्षमा एमालेकी थमसरा पुन र बेनी नगरपालिकाको प्रमुखमा राप्रपाकी मीनाकुमारी शर्मा उम्मेदवार बन्नुभएको छ । जिल्लाको दुई पालिकामा दुई जना मात्रै दलित समुदायबाट पालिका प्रमुखको उम्मेदवार बन्नुभएको छ ।

गोरखापत्र

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

भीषण बाढी: तमानखोला गाउँपालिकाका ९ जना नागरिक सम्पर्कविहीन

भर्खरै
तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki