Skip to content

follow us

baglungkhabar.tv

25th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

विद्यालयको युपीभीसीको छाना दुई वर्ष नपुग्दै असिनाले प्वाल पार्‍यो

bk logo final png
  • बागलुङ खबर
  • २९ चैत्र २०७८, मंगलवार १८:१८

बागलुङ, २९ चैत । बागलुङ नगरपालिका-७ मा रहेको गौरीशंकर आधारभूत विद्यालयको छाना शनिबार र आइतबार परेको असिनाले प्वाल पारेको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण (शिक्षा इकाइ) बागलुङले २०७६ सालमा निर्माण गरेको दुईकोठे भवनको युपिभिसी छाना असिनाले प्वाल पारेको हो ।

अन्य पुरानो भवनको छाना कुच्चिएको मात्रै तर नयाँ र बलियो भनिएकै छानामा प्वाल परेपछि छानाको गुणस्तरमा प्रश्न उठेको वडा अध्यक्ष खगराज पाण्डेले बताए ।

उनले भने ‘झन गुणस्तरीय छाना भनेर लगाइएको टिन असिनाले चाल्ना बनाएपछि लाजमर्दो भएको छ ।’ वडाध्यक्ष पाण्डेले प्रहरी प्रतिवेदन तयार गरिसकेको र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण (शिक्षा) बागलुङमा बुझाउने तयारी रहेको बताए ।

५० जना विद्यार्थी रहेको विद्यालयमा कक्षा सञ्चालन भइरहेको छ । असिनाले छानो चुहिने बनाएपछि टनेलको लागि प्रयोग हुने प्लाष्टिकले छोपेर पढाउने तयारी गरिरहेको पाण्डेले बताए । इकाइले नै आवश्यक सामाग्री किन्ने स्थान सिफारिस गरिएको पाईएकोले इकाइकै भूमिकामा प्रश्न गर्ने ठाउँ देखिएको उनले बताए ।

विद्यालयबारे जानकारी आएकोले थप अनुसन्धान गर्ने तयारी भईरहेको नगरपालिका शिक्षा शाखा अधिकृत धनप्रसाद पोख्रेलले बताए । पुराना सामान्य जस्ताको छानो सामान्य कुच्चिने मात्रै दुई वर्ष पनि नभएको युपीभीसीको छानो चुहिएकोले अनुसन्धान नै गर्नुपर्ने भएको उनको भनाई छ ।

उनने ‘२० वर्ष ग्यारेन्टी हुने छानो लगाएको दुई वर्षमा नै प्वाल पर्‍यो भन्दा अचम्म लागेको छ । हामीले अनुसन्धान थालेका छौं ।’

पुरानो भवन भुकम्पको कारण जीर्ण भएपछि पुननिर्माण प्राधिकारण (शिक्षा इकाइ)ले निर्माण गरिदिएको दुई कोठे भवनको एउटा कोठामा विद्यार्थी र अर्को कोठामा कम्प्युटर कक्षा बनाइएको थियो । विद्यालय ६ लाखभन्दा बढीको क्षति पुगेको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

जैमिनी नगरपालिकाकाे आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki