follow us

baglungkhabar.tv

25th May 2022

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

विद्यालयको युपीभीसीको छाना दुई वर्ष नपुग्दै असिनाले प्वाल पार्‍यो

  • बागलुङ खबर
  • २९ चैत्र २०७८, मंगलवार १८:१८

बागलुङ, २९ चैत । बागलुङ नगरपालिका-७ मा रहेको गौरीशंकर आधारभूत विद्यालयको छाना शनिबार र आइतबार परेको असिनाले प्वाल पारेको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण (शिक्षा इकाइ) बागलुङले २०७६ सालमा निर्माण गरेको दुईकोठे भवनको युपिभिसी छाना असिनाले प्वाल पारेको हो ।

अन्य पुरानो भवनको छाना कुच्चिएको मात्रै तर नयाँ र बलियो भनिएकै छानामा प्वाल परेपछि छानाको गुणस्तरमा प्रश्न उठेको वडा अध्यक्ष खगराज पाण्डेले बताए ।

उनले भने ‘झन गुणस्तरीय छाना भनेर लगाइएको टिन असिनाले चाल्ना बनाएपछि लाजमर्दो भएको छ ।’ वडाध्यक्ष पाण्डेले प्रहरी प्रतिवेदन तयार गरिसकेको र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण (शिक्षा) बागलुङमा बुझाउने तयारी रहेको बताए ।

५० जना विद्यार्थी रहेको विद्यालयमा कक्षा सञ्चालन भइरहेको छ । असिनाले छानो चुहिने बनाएपछि टनेलको लागि प्रयोग हुने प्लाष्टिकले छोपेर पढाउने तयारी गरिरहेको पाण्डेले बताए । इकाइले नै आवश्यक सामाग्री किन्ने स्थान सिफारिस गरिएको पाईएकोले इकाइकै भूमिकामा प्रश्न गर्ने ठाउँ देखिएको उनले बताए ।

विद्यालयबारे जानकारी आएकोले थप अनुसन्धान गर्ने तयारी भईरहेको नगरपालिका शिक्षा शाखा अधिकृत धनप्रसाद पोख्रेलले बताए । पुराना सामान्य जस्ताको छानो सामान्य कुच्चिने मात्रै दुई वर्ष पनि नभएको युपीभीसीको छानो चुहिएकोले अनुसन्धान नै गर्नुपर्ने भएको उनको भनाई छ ।

उनने ‘२० वर्ष ग्यारेन्टी हुने छानो लगाएको दुई वर्षमा नै प्वाल पर्‍यो भन्दा अचम्म लागेको छ । हामीले अनुसन्धान थालेका छौं ।’

पुरानो भवन भुकम्पको कारण जीर्ण भएपछि पुननिर्माण प्राधिकारण (शिक्षा इकाइ)ले निर्माण गरिदिएको दुई कोठे भवनको एउटा कोठामा विद्यार्थी र अर्को कोठामा कम्प्युटर कक्षा बनाइएको थियो । विद्यालय ६ लाखभन्दा बढीको क्षति पुगेको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

नेकपा एसलाई धोका !

दुई दिन बिदा लागू गर्न समस्या

पर्वतमा बस र जीप ठोक्किँदा बागलुङका एक जनाको मृत्यु

लोकप्रिय

बागलुङ बजारमा बलेवा एकताको सेवा केन्द्र उद्घाटन

खहरेमा जीप दुर्घटनाः एक जनाको मृत्यु, तीन जना घाईते

दुई दिन बिदा लागू गर्न समस्या

दिदीबहिनीले दाजुभाइको पूजा गरी भाइटीका मनाइँदै, उत्तम साइत ११ : २ बजे

भर्खरै

इन्धनको मूल्यमा भारी बृद्धि

बागलुङमा तीन वर्षपछि सती घाटु पुन: निरन्तरता

नेकपा एसलाई धोका !

दुई दिन बिदा लागू गर्न समस्या

​सुचना विभाग दर्ता नं.:

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email:

विज्ञापनको लागि:​
Phone: 9748761001
Email:

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

हाम्रो बारे

हाम्रो टिम 
प्रकाशक:
सिर्जना कार्की
सम्पादकः
रामु जि.सी.
कार्यकारी सम्पादकः
अर्जुन कार्की
© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki