follow us

baglungkhabar.tv

25th May 2022

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

आख्यानकार आनन अच्युतको झञ्झावात उपन्यास सार्वजनिक

  • बागलुङ खबर
  • २८ फाल्गुन २०७८, शनिबार २१:२८

बागलुङ, २८ फागुन । आख्यानकार आनन अच्युतको नयाँ उपन्यास झञ्झावात नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजित एक कार्यक्रम बिच आज सार्वजनिक भएको छ ।

वरिष्ठ पत्रकार एवं साहित्यकार विजय चालिसे, समालोचक डा. अम्बिका अर्याल, पत्रकार दामोदर न्यौपाने, प्रकाशक तथा सम्पादक सूर्य बिसी, आश्था केसी, लक्ष्मी अर्याल, रामचन्द्र सिग्देल लगायतले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका थिए ।

‘उपन्यासको भाषा निकै राम्रो र तानिरहने खालको छ । परदेशमा बसेर लेखकले नेपाली साहित्यका लागि काम गर्नु निकै सुखद कुरा हो ।’ प्रमुख अतिथि विजय चालिसेले भने ।

समिक्षक डा. अम्बिका अर्यालले उपन्यासमा शसस्त्र युद्ध र प्रेमको कथा रहेको धारणा राखेकी थिइन् । कौतूहलताको राम्रो प्रयोग गरिएको भन्दै उनले पुस्तकका केही कमजोरीबारे समेत प्रष्ट पारेकी थिइन् ।

त्यसैगरि अर्का वक्ता दामोदर न्यौपानेले छोटा वाक्य, मिठा शब्द र सुन्दर अन्त्य रहेकाले उपन्यास राम्रो बनेको धारणा राखेका थिए ।

उपन्यासकार आननको यसअघि वासन्ती प्रेम नामक उपन्यास प्रकाशित छ । कार्यक्रमको सहजीकरण पत्रकार आश्था केसीले गरेकी थिइन् । बिएन पुस्तक संसार प्रालिले बजारमा ल्याएको २०० पृष्ठको उक्त पुस्तकको मूल्य ३५० तोकिएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

नेकपा एसलाई धोका !

दुई दिन बिदा लागू गर्न समस्या

पर्वतमा बस र जीप ठोक्किँदा बागलुङका एक जनाको मृत्यु

लोकप्रिय

बागलुङ बजारमा बलेवा एकताको सेवा केन्द्र उद्घाटन

खहरेमा जीप दुर्घटनाः एक जनाको मृत्यु, तीन जना घाईते

दुई दिन बिदा लागू गर्न समस्या

दिदीबहिनीले दाजुभाइको पूजा गरी भाइटीका मनाइँदै, उत्तम साइत ११ : २ बजे

भर्खरै

इन्धनको मूल्यमा भारी बृद्धि

बागलुङमा तीन वर्षपछि सती घाटु पुन: निरन्तरता

नेकपा एसलाई धोका !

दुई दिन बिदा लागू गर्न समस्या

​सुचना विभाग दर्ता नं.:

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email:

विज्ञापनको लागि:​
Phone: 9748761001
Email:

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

हाम्रो बारे

हाम्रो टिम 
प्रकाशक:
सिर्जना कार्की
सम्पादकः
रामु जि.सी.
कार्यकारी सम्पादकः
अर्जुन कार्की
© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki