Skip to content

follow us

baglungkhabar.tv

30th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

आख्यानकार आनन अच्युतको झञ्झावात उपन्यास सार्वजनिक

bk logo final png
  • बागलुङ खबर
  • २८ फाल्गुन २०७८, शनिबार २१:२८

बागलुङ, २८ फागुन । आख्यानकार आनन अच्युतको नयाँ उपन्यास झञ्झावात नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजित एक कार्यक्रम बिच आज सार्वजनिक भएको छ ।

वरिष्ठ पत्रकार एवं साहित्यकार विजय चालिसे, समालोचक डा. अम्बिका अर्याल, पत्रकार दामोदर न्यौपाने, प्रकाशक तथा सम्पादक सूर्य बिसी, आश्था केसी, लक्ष्मी अर्याल, रामचन्द्र सिग्देल लगायतले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका थिए ।

‘उपन्यासको भाषा निकै राम्रो र तानिरहने खालको छ । परदेशमा बसेर लेखकले नेपाली साहित्यका लागि काम गर्नु निकै सुखद कुरा हो ।’ प्रमुख अतिथि विजय चालिसेले भने ।

समिक्षक डा. अम्बिका अर्यालले उपन्यासमा शसस्त्र युद्ध र प्रेमको कथा रहेको धारणा राखेकी थिइन् । कौतूहलताको राम्रो प्रयोग गरिएको भन्दै उनले पुस्तकका केही कमजोरीबारे समेत प्रष्ट पारेकी थिइन् ।

त्यसैगरि अर्का वक्ता दामोदर न्यौपानेले छोटा वाक्य, मिठा शब्द र सुन्दर अन्त्य रहेकाले उपन्यास राम्रो बनेको धारणा राखेका थिए ।

उपन्यासकार आननको यसअघि वासन्ती प्रेम नामक उपन्यास प्रकाशित छ । कार्यक्रमको सहजीकरण पत्रकार आश्था केसीले गरेकी थिइन् । बिएन पुस्तक संसार प्रालिले बजारमा ल्याएको २०० पृष्ठको उक्त पुस्तकको मूल्य ३५० तोकिएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

भर्खरै

बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट

बागलुङमा १७ वर्षीय बालिका मृत फेला

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki