Skip to content

follow us

baglungkhabar.tv

23rd October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

विवाहित युवतीहरूलाई अस्ट्रेलियामा मिसेस नेपाल ओसियाना बन्ने अवसर

  • २४ आश्विन २०७५, बुधबार ०५:४४

विगत ८ वर्षदेखि अस्ट्रेलियामा रहेका नेपाली युवकयुवतीलाई मिस्टर एण्ड मिस नेपालको ताज पहिर्‍याउँदै आएको युएनएर्इ (युनाइटेड नेप्लिज आर्टस एण्ड इन्टरटेनमेन्ट) ले यस वर्षदेखि विवाहित युवतीलाई पनि मिसेस नेपाल ओसियाना बन्ने अवसर प्रदान गर्ने भएको छ ।

अस्ट्रेलियाको अवर्नस्थित साइनो रेष्टुरेण्टमा आइतबार आयोजित पत्रकार सम्मेलनमा युएनएर्इकी भुमा लिम्बुले मिस्टर र मिस नेपालको भन्दा मिसेस नेपालको माग धेरै आएकाले आफूहरुले यस वर्षदेखि मिसेस नेपाल पनि आयोजना गर्न लागेको बताइन् ।

सन् २०१० देखि अस्ट्रेलियामा मात्र हुँदै आएको उक्त सौन्दर्य प्रतियोगिता सन् २०१६ देखि ओसियाना क्षेत्रसम्म विस्तार भएको थियो ।

‘विवाहपछि युवतीहरुमा व्यक्तिगत विकास र आत्मविश्वासमा कमी हुन सक्ने कुरालाई मध्यनजर गर्दै उनीहरुको सो क्षमता कायम राखिराख्न पनि हामीले यो आयोजना गर्न लागेका हौं,’ उनले भनिन् ।

विवाहित तथा अविवाहित युवा युवतीहरुको व्यक्तिगत क्षमता तथा आत्मविश्वास अभिवृद्धि गराउने उद्देश्यले आयोजना गरिने यस सौन्दर्य प्रतियोगितामा भाग लिन निश्चित मापदण्ड पुगेका युवक युवतीले आवेदन दिन सक्ने उनले बताइन् । आवेदन यही अक्टोबर १३ सम्म भर्न पाइने छ ।

लिम्बुका अनुसार यस प्रतियोगितामा भाग लिन विवाहित युवती कम्तीमा २० वर्षदेखि बढीमा ३५ वर्ष नाघेको हुनु हुँदैन ।

त्यसैगरी मिस र मिस्टर नेपालका लागि कम्तीमा १८ देखि २८ वर्ष सम्मको अविवाहित युवक युवती हुनुपर्नेछ ।

हरेक विधाका विजेताले ताज र ट्रफीसहित एक एक हजार डलर नगद प्राप्त गर्नेछन् ।

उक्त प्रतियागिताको लागि यूएनएइको वेबसाईट www.unae.org.au बाट आवेदन दिन सकिनेछ ।

पत्रकार सम्मेलनमा सन् २०१६का मिस्टर र मिस नेपाल ओसियानाका विजेताहरु रुषा बराल र पिजे श्रेष्ठले सौन्दर्य प्रतियोगिता जितेपछि आफ्नो आत्मविश्वासमा वृद्धि भएको जस्ता अनुभवहरु सुनाएका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

बास्बोटको ऐतिहासिक देउराली मन्दिर पुनर्निर्माण

बन्दीलाई दशैँ मनाउन खसी उपहार

चाडपर्वलाई लक्षित गर्दै बागलुङमा सुरक्षा व्यवस्था कडा

कालिका मन्दिरमा भक्तजन बढे

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki