Skip to content

follow us

baglungkhabar.tv

26th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

bk logo final png
  • बागलुङ खबर
  • ३१ असार २०८३, बुधबार २१:५४

काठमाडौं, ३१ असार । नेपालले सन् २०२८ को आईसीसी टी–२० विश्वकपका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ छनोट प्रणालीअनुसार नेपालले सिधै ग्लोबल छनोट मा प्रतिस्पर्धा गर्ने भएको हो।

सन् २०२६ को टी–२० विश्वकपमा सहभागी भए पनि स्वतः विश्वकपमा स्थान बनाउन नसकेका टोलीहरूलाई ग्लोबल छनोटमा सिधा प्रवेश दिने निर्णयानुसार नेपालले यो अवसर पाएको हो।

नयाँ संरचनाअनुसार ग्लोबल छनोटमा नेपालसहित २०२६ विश्वकप खेलेका केही टोली रहनेछन् भने अफ्रिका, एसिया र युरोपबाट दुई–दुई तथा अमेरिका र पूर्वी एसिया–प्रशान्त (ईएपी) क्षेत्रबाट एक–एक टोली क्षेत्रीय छनोट पार गरेर थपिनेछन्।

ग्लोबल छनोटपछि प्रत्येक क्षेत्रबाट उत्कृष्ट एक–एक टोली र समग्र प्रदर्शनका आधारमा थप तीन टोली गरी कुल सात टोली ले टी–२० विश्वकप २०२८ मा स्थान बनाउनेछन्। आईसीसीले छनोटका लागि न्यूनतम प्रदर्शन मापदण्ड पनि लागू गर्ने जनाएको छ।

यसअघि विश्वकपका लागि एसिया, ईएपी, युरोप, अमेरिका र अफ्रिकामा छुट्टाछुट्टै क्षेत्रीय छनोट आयोजना हुने व्यवस्था थियो। अब भने ग्लोबल छनोट प्रणाली पुनः लागू गरिएको छ।

आईसीसीले टी–२० विश्वकपको प्रतियोगिता ढाँचामा पनि परिवर्तन गरेको छ। उक्त प्रस्ताव आईसीसीको सम्मेलनबाट पारित भइसकेको भएपनि अन्तिम स्वीकृति भने आगामी नोभेम्बरमा हुने बैठकपछि दिइनेछ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

परिसूचन साप्ताहिक १३औँ वार्षिकोत्सवको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

दुग्ध उत्पादक सहकारी संघ लिमिटेड बागलुङको गत आव १० करोड बढीको कारोबार

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

बागलुङमा जेसिज सप्ताह सुरु

बागलुङ डेंगु संक्रमण बढ्दो , ६ सय ४६ जनामा डेंगु संक्रमण पुष्टि

कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सकियो

बागलुङमा रासायनिक मल ओसारपोसार र बिक्री गर्ने तीन जना पक्राउ

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki