Skip to content

follow us

baglungkhabar.tv

26th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

bk logo final png
  • बागलुङ खबर
  • २७ असार २०८३, शनिबार ०८:१३

काठमाण्डौं, २७ असार । स्पेन १६ वर्षपछि फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको लस एन्जलस स्टेडियममा भएको क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन १६ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको अन्तिम समयमा स्पेनका मिकेल मेरिनोले गोल गर्दे स्पेनलाई सेमिफाइनलमा पुर्‍याए ।

८८औं मिनेटमा पाउ क्युबार्सीले गरेको प्रहार बेल्जियमका गोलकिपरले रोक्दा बल पूर्णरुपमा नियन्त्रणमा लिन सकेनन् । जसको फाइदा उठाउँदै मिकेल मेरिनोले स्पेनलाई अग्रता दिलाएका थिए । त्यसअघि यसअघि खेलको ३०औं मिनेटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । तर, त्यसको ११ मिनेटपछि चार्ल्स डे केटलेरले हेडर गोल गर्दा खेल बराबरीमा फर्किएको थियो ।

खेलमा स्पेन अधिकांश समय बल पोजिसनमा रह्यो । स्पेनले १६ सर्ट प्रहार गर्दा बेल्जियमले मात्र ५ सर्ट प्रहार गरेको छ । सन् २०१० को विश्वविजेता स्पेन सन् २०१४ मा टोली समूह चरणबाटै बाहिरिएको थियो भने २०१८ र २०२२ मा अन्तिम १६ बाटै घर फर्किएको थियो । यसपटक उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

१७औं पटक विश्वकप खेलिरहेको स्पेनको यो तेस्रो सेमिफाइनल यात्रा हो । यसअघि सन् १९५० र २०१० मा सेमिफाइनलमा पुगेको थियो । सन् २०१० मा च्याम्पियन बन्दा १९५० मा भने चौथो बनेको थियो ।

स्पेनसँग पराजित भएको बेल्जियमको यात्रा क्वार्टरफाइनलमै रोकिएको छ । यसअघि सन् २०१४ को विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको बेल्जियम सन् २०१८ को विश्कपमा तेस्रो बनेको थियो । सन् २०२२ को विश्वकपमा भने समूह चरणबाट बाहिरिएको थियो ।

अब स्पेनले सेमिफाइनलमा फ्रान्सको सामना गर्नेछ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

परिसूचन साप्ताहिक १३औँ वार्षिकोत्सवको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न

लोकप्रिय

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

भर्खरै

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

बागलुङमा दुई बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले

बागलुङका ७१ जना हिंसा प्रभावितलाई सेवा

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki