Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

आजदेखि हामी पाँचौ वर्षमा प्रवेश

bk logo final png
  • बागलुङ खबर
  • १ फाल्गुन २०८२, शुक्रबार ०७:४६
Colorful tie dye background with abstract watercolor border

आजदेखि हामी पाँचौ वर्षमा प्रवेश गरेका छौं । प्रमाणमा आधारित पत्रकारिता र सामाजिक न्यायप्रति समर्पित हाम्रो अनलाइन पोर्टल बागलुङखबरडटकम (www.baglungkhabar.com) आज चौथो वर्ष पूरा गरी पाँचौ वर्षमा प्रवेश गरेको छ । यो हाम्रो लागि ठूलो गर्वको कुरा हो र यस यात्रामा तपाईंको अमूल्य साथ र समर्थनका कारण आज हामी यहाँसम्म आइपुगेका छौं । बागलुङ मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित अनलाईन पाँचौ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा तमाम पाठक, लेखक, सहकर्मी, विज्ञापनदाता र शुभचिन्तकहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं ।

हामी सधैं ‘व्यक्ति होइन, प्रमाण प्रमुख हो’ भन्ने मूल मान्यतालाई अँगाल्दै क्रियाशील भएका छौं र भविष्यमा पनि यसैको आधारमा तपाईंलाई सत्य र निष्पक्ष समाचार, विचार र तथ्य प्रस्तुत गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछौं । हाम्रो मुख्य उद्देश्य भनेको केवल समाचारको प्रसार मात्र होइन, समाजमा सामाजिक न्याय र उत्तरदायित्वको चेतना फैलाउनु पनि हो । हामी विश्वास गर्छौं कि सही प्रमाण र निष्पक्ष दृष्टिकोणले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छ र यसका लागि हामी सधैं काम गर्दै जानेछौं ।

चार वर्षको अवधिमा हामीले बागलुङ र वरपरका घटनाक्रमलाई गहिरो र विस्तृत दृष्टिकोणबाट प्रस्तुत गर्न कोशिस गरेका छौं । हाम्रा पाठकहरूका प्रतिक्रियाले हामीलाई प्रोत्साहित र मार्गदर्शन गरेको छ, जसले गर्दा हामी अझ प्रभावकारी र सटीक पत्रकारिता गर्न सक्षम भएका छौं । हामी भविष्यमा अझ उच्चतम स्तरमा पत्रकारिता गर्ने, प्रमाणमा आधारित समाचार प्रस्तुत गर्ने र सामाजिक न्यायको पक्षमा आफ्नो कर्तव्य निर्वाह गर्नेमा प्रतिबद्ध छौं।

आजको यो अवसरमा, बागलुङखबरडटकम (www.baglungkhabar.com)को सम्पूर्ण टिमको तर्फबाट तपाईंहरुलाई हार्दिक आभार व्यक्त गर्दछौं । हामी तपाईंलाई आगामी वर्षहरूमा अझ सशक्त र प्रामाणित सामग्रीका साथ सुसूचित गर्नेमा प्रतिज्ञाबद्ध छौं ।

तपाईंको साथ र विश्वास नै हाम्रो सशक्त प्रेरणा हो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki