Skip to content

follow us

baglungkhabar.tv

20th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

कँडेल परिवारद्वारा विद्यालयलाई स्वास्थ्य सामाग्री वितरण

bk logo final png
  • बागलुङखबर
  • ३० श्रावण २०८२, बिहीबार २१:१२

बागलुङ, २९ साउन । काठेखोलाका कँडेल परिवारद्वारा गाउँपालिकाका १० वटा विद्यालयलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

काठेखोला गाउँपालिका, वडा नं.–२ भीमापोखरा, कुथुर्केका कँडेल परिवारले काठेखोला गाउँपालिकाका १० वटा मा.वि.लाई सेनेटरी प्याड भेन्डीङ मेसिन र काठेखोला गाउँपालिकाका सम्पुर्ण मा.वि. तथा आधारभूत विद्यालयलाई ब्लड प्रेसर नाप्ने विपी सेट प्रदान गरेको छ ।

दिवंगत हुनुभएका आफ्ना स्वर्गीय पिता खडानन्द कँडेल र स्वर्गीय माता गौमति कँडेलको सम्झनामा वहाँका छोराहरु ऋषिराम कँडेल, कृष्ण प्रसाद कँडेल, जगन्नाथ कँडेल, प्रजापति कँडेल, चन्द्रलाल कँडेल र उहाँको परिवारले उक्त सामाग्री वितरण गरेको हो ।

काठेखोला–२ भीमापोखरा, कुर्थुके स्थित समस्त कँडेल परिवारको आयोजना तथा काठेखोला गाउँपालिकाको संयोजन तथा व्यवस्थापनमा एक औपचारिक समारोहका विच उक्त स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

श्रावण २९ गते श्री भीमसेन मा.वि.को सभाहलमा सम्पन्न कार्यक्रममा काठेखोला गाउँपालिका भित्रका १० वटा माध्यमिक विद्यालयहरुलाई सेनेटरी प्याड भेन्डीङ मेसिन र ब्लड प्रेसर नाप्ने विपी सेट र १३ वटा आधारभुत विद्यालय र आफूहरुले अध्ययन गरेका एक विद्यालय सहित १४ वटा विद्यालयलाई विपी सेट वितरण गरेको हो ।

स्वर्गीय खडानन्द कँडेल र स्वर्गीय गौमती कँडेलको छोरा चन्द्रलाल कँडेलको अध्यक्षता, नाति अशोक कँडेलको सञ्चालन र नातिनी ज्योति कँडेलको स्वागत मन्तव्य रहेको सामाग्री हस्तान्तरण कार्यक्रमको उद्घाटन काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले दीप प्रज्वलन गरी गर्नुभएको थियो ।

हस्तान्तरण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि अध्यक्ष थापाले आफ्नो दिवंगत मातापिताको सम्झनामा यति महत्वपूर्ण र प्रशंसनीय कर्म गर्नु भएकोमा समस्त कँडेल परिवारलाई हार्दिक धन्यवाद दिदै हरेक नागरिकहरु यस्तै सतकर्ममा लाग्न सके आफ्नो स्वर्गीय बुवाआमाप्रति वास्तविक श्रद्धाञ्जली हुने बताउनुभयो ।

कार्यक्रममा काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत चुर्ण बहादुर कार्की, काठेखोला गाउँपालिका, वडा नं. २ का वडा अध्यक्ष विद्यापती शर्मा, श्री रेश नुनथला मा.वि.का प्रधानाध्यापक ओम बहादुर थापाले शुभकामना मन्तव्य दिनुभएको थियो । भने कँडेल परिवारको तर्फबाट परुषोत्तम कँडेलले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्दै स्वर्गीय खडानन्द कँडेल र गीतादेवी कँडेलको बारेमा जानकारी दिनुभएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बीमा दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

लोकप्रिय

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

गलकोट र बुर्तिबाङमा बजार अनुगमन

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भर्खरै

एक महिने ब्यूटिसियन र १५ दिने नेपाली खाना बनाउने (कुक) तालिम प्रदान

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki