Skip to content

follow us

baglungkhabar.tv

2nd May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

स्ववियू निर्वाचन : धवलागिरि क्याम्पसले पायो पहिलो महिला सभापति, अनेरास्ववियूकी शेख निर्वाचित

bk logo final png
  • बागलुङ खबर
  • ५ चैत्र २०८१, बुधबार १८:०५

बागलुङ, ६ चैत । स्वतन्त्र विद्यार्थी यूनियनको नयाँ नेतृत्वका लागि बागलुङस्थित धवलागिरि बहुमुखी क्याम्पसमा भएको निर्वाचनमा अनेरास्ववियुकी आश्मिन शेख विजयी हुनुभएको छ ।

बुधबार विहान सम्पन्न मतपरिणाम अनुसार अखिल संयुक्तबाट उम्मेदवार बन्नुभएकी अनेरास्ववियुकी शेखले ५५२ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँकी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघकी सृष्टि आचार्यले ४९१ ले मत प्राप्त गर्नुभएको छ ।

सभापतिमा उम्मेदवारी दिएपनि नेविसंघकी उम्मेदवार आचार्यलाई समर्थन गर्नुभएका दिपक सुवेदीले ७ मत प्राप्त गर्नुभएको छ ।

शेख धवलागिरि बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित हुने पहिलो महिला समेत बन्नुभएको छ ।

सचिवमा नेविसंघका सचिन हरिजन ५३४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारी (अखिल संयुक्त प्यानल)का रुद्र बहादुर पुनले ५०९ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा पनि नेविसंघका बिशाल थापाले ६५४ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी अखिल संयुक्त प्यानलकी रेशा शर्माले ३८४ मत प्राप्त गर्नुभएको छ ।

सदस्यहरूमा नेविसंघका ७ र अनेरास्ववियका १ जना उम्मेदवार विजयी भएका छन् । नेविसंघका प्रशान्त सुवेदीले ६१२, दीप सागर सुवेदीले ६११, सुदिप घर्ती मगरले ५५८, सृष्टि घर्तीले ५४३, सुवासबाबु घर्तीले ५२२, सेमान्त शर्माले ५१८ र शुभम राजभण्डारीले ४९६ र अनेरास्ववियुका विकल्प घर्ती मगरले ५६४ मत प्राप्त गरी विजयी भएका हुन् ।

बागलुङ जिल्लाको एक मात्र आंगिक क्याम्पस धवलागिरि बहुमुखी क्याम्पसमा मंगलबार भएको मतदानमा १ हजार ५९ मत खसेको थियो । क्याम्पसमा १ हजार ४ सय ७६ मतदाता रहेका थिए । निर्वाचनमा कांग्रेसले नेविसंघको एकल प्यानल बनाएको हो भने एमाले, माओवादी, राष्ट्रिय जनमोर्चा, नेकपा एस र राप्रपाको संयुक्त प्यानल बनाएर निर्वाचनमा सहभागी भएका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

सल्यानमा भएको जीप दुर्घटनाको छानबिन गर्न समिति गठन

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

विद्युतीय गाडीले बढेको भाडा लिन नपाउने

लोकप्रिय

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

कालिका कप : घले हार्भेस्टिङ र गौडाकोट सेमिफाइनलमा

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

भर्खरै

सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु

ढोरपाटन नगरपालिकाले ४८ जना कृषकलाइ दियो यान्त्रिक हलो

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

सल्यानमा भएको जीप दुर्घटनाको छानबिन गर्न समिति गठन

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki