Skip to content

follow us

baglungkhabar.tv

24th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङ प्रहरीलाई स्मृति कप फुटबल उपाधि

  • अर्जुन कार्की
  • ५ माघ २०८१, शनिबार २१:०९

बागलुङ, ५ माघ । जिल्ला प्रहरी कार्यालय बागलुङले दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

प्रहरीले शनिवार भएको फाइनलमा संकल्प पुर्नस्थापना केन्द्र बागलुङलाई ट्राइब्रेकरमा ५-३ ले हराउँदै च्याम्पियन
बनेको हो ।

निर्धारित र थप २० मिनेटमा खेल १-१ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा प्रहरीले बाजी मारेको थियो। दोस्रो हाफको दोस्रो मिनेटमा मनोज गुरुङले गोलबाट संकल्पले अग्रता लियो ।

तर दोस्रो हाफमा १५ औं मिनेटमा प्रहरीको लागि बराबरी गोल गर्दैै टोलीलाई खेलमा फर्काए। थप २० मिनेटमा गोल भएन ।

ट्राइबेकरमा प्रहरीका सुमित श्रेष्ठ, रन्दीप पौडेल, रोशन छन्त्याल, सन्दिप तामाङ र विवेक गुरुङले गोल गरे । संकल्पका मुकुन्द निउरे, राहुल गुरुङ र भगवत चौधरीले गोल गरे । संकल्पका सुवास गुरुङको प्रहार बारमा लागेर बाहिरियो ।

प्रहरीले ट्रफीसहित १ लाख २२ हजार २ सय २२ रुपैयाँ र संकल्पले ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्यो ।
विधागत पुरस्कारमा पनि प्रहरीका खेलाडीको वर्चस्व रह्यो ।

प्रहरीका कप्तान विवेक गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । प्रहरीका जिवनसिङ्ग ठकुरी उत्कृष्ट गोलरक्षक, सन्दिप तामाङ उत्कृष्ट मिडफिल्डर र सन्तोष सुवेदी उत्कृष्ट प्रशिक्षक घोषित भए ।

संकल्पका विशाल नेपाली उत्कृष्ट डिफेन्डर, मुकुन्द निउरे उत्कृष्ट फरवार्ड चुनिए । आदर्श विद्या मन्दिरका जोफा कोनाम र नारायण दल गणका धिरेन्द्र शाही सर्वाधिक गोलकर्ता बने ।

नारायण दल गण मुस्ताङले फेयर प्ले उपाधि प्राप्त गर्यो । बागलुङ एकता क्लबले आयोजना गरेको प्रतियोगितामा १४ टोलीको सहभागिता थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

भीषण बाढी: तमानखोला गाउँपालिकाका ९ जना नागरिक सम्पर्कविहीन

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै
तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki