Skip to content

follow us

baglungkhabar.tv

24th March 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

चलचित्र ‘बसन्त’ को ‘साँझ पर्यो झमक्क’ बोलको गीत सार्वजनिक

bk logo final png
  • बागलुङखबर
  • २७ पुष २०८१, शनिबार २२:२५

काठमाडौं, २७ पुष । आगामी चैत २२ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘बसन्त’ को ‘साँझ पर्यो झमक्क’ बोलको गीत सार्वजनिक भएको छ । काठमाडौंमा शनिबार एक समारोह मा गित सार्वजनिक गरिएको हो ।

गीतमा शब्द संगीत प्रकाश सपुतको रहेको छ भने स्वर शान्ति श्री परियार र प्रकाश सपुतको रहेको छ ।

आगामी चैत्र २२ गते चैते दशैंको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको चलचित्र मा निर्माणमा आफू र आफ्नो टिमले निकै मेहनत गरेकाले आफूले सोचेको र खोजेकै जस्तो रिजल्ट निस्कनेमा गायक, अभिनेता तथा निर्देशक सपुतको विश्वास छ । गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा चलचित्रको छायांकन गरिएको छ ।

चलचित्र मा प्रकाश सपुतसहित स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, खड्क बहादुर पुन (खबपु), शिवांशी श्री, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहनेछ ।

यो सोसल ड्रामा चलचित्र मा कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा चलचित्र ले भन्ने छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने चलचित्र को कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली छन् । चलचित्रलाई सुसन प्रजापतिले खिचेका हुन् ।

गीतको भिडियो :

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

कुलमान घिसिङले दिए पदबाट राजीनामा

आज श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी पर्व, सरस्वतीको पूजा गरिदै

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भर्खरै

गायक सपूतले गरे आफू राजनीतिबाट अलग भएको घोषणा

गलकोट र बुर्तिबाङमा बजार अनुगमन

बागलुङमा श्रीमद भागवत महापुराण एवम् पितृ सप्ताह गरिने

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki