Skip to content

follow us

baglungkhabar.tv

23rd September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

देवकुमार नेपाली र ५ सय ४७ जना बचतकर्ताले गरे मेलमिलाप

bk logo final png
  • बागलुङखबर
  • २७ पुष २०८१, शनिबार २२:०७
देवकुमार नेपाली
देवकुमार नेपाली

बागलुङ २७ पौष । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीको सहकारी ठगी मुद्दामा पीडितहरुले मेलमिलाप गरेका छन् ।

शुक्रवार पीडित मध्ये ५ सय ४७ जनाले बिगो दावी नगर्ने गरी मेलमिलाप गरेका हुन् । उनीहरुले नेपालीको घरायसी जायजेथाबाट पाउनु पर्ने रकम पाएको भन्दै मेलमिलाप गरिदिएका हुन् । उनीहरुको मेलमिलापकालागि जिल्ला अदालत बागलुङले आदेश दिएको थियो ।

ठगी मुद्दामा नेपालीलाई बिपक्षी बनाएका जाहेरवाला मध्ये ५ सय ४७ जना बचतकर्ताले यो मेलमिलापपछि मुद्दा फिर्ता लिनेछन् । उनीहरुको ठगिएको रकम २३ करोड ७५ लाख ४२ हजार ३ सय ४) रुपैयाँ बराबरको रकम घरसारमा मिलेर पाएको भन्दै मेलमिलाप गरेपछि मुद्दामा दावी गरिएको बिगो रकम समेत घटेको छ ।

जिल्ला न्यायाधिस रमेशकान्त अधिकारीको इजलासले शुक्रवार आंशिक मेलमिलाप भएको आदेश दिएको हो । पीडित ताराबहादुर कुँवर, मञ्जु शर्मा चालिसे र यमबहादुर कुँवर समेत ५ सय ४७ जनाको मुलुकी फौजदारी संहिता २)७४ को दफा ११७ बमोजिम मिलापत्र गर्न निवेदन आएकोले दफा ११८ (३) बमोजिम मिलापत्र गरिएको आदेशमा उल्लेख छ । जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद शर्माले यो मुद्दा नमूना भएको बताए । उनीहरुले मेलमिलाप गर्दा बिपक्षीको बिगो घटेको जानकारी गराए । नेपाली बिरुद्दको ठगी मुद्दा भने यथावत रहनेछ ।

हाल नेपाली पुर्पक्षकालागि जिल्ला कारागारमा छन् । गत असोज १५ गते जिल्ला अदालत बागलुङको आदेशले नेपालीलाई पुर्पक्षकालागि थुनामा पठाएको थियो ।१ हजार ५ सय ७३ जनाले नेपाली सहित संचालक र कर्मचारी गरी १३ जना बिरुद्द सहकारी ठगीको मुद्दा दिएका थिए । सहकारीको १ अर्ब ४५ करोड रुपैयँ हिनामिना गरेको आरोप अब २३ करोडले घट्नेछ ।

ढोरपाटन नगरपालिकाका प्रमुख समेत रहेका नेपाली २)८) को जेठ ४ गतेदेखि फरार थिए । बैसाख ६ गते नै इमेज बचत तथा ऋण सहकारीको कार्यालयमा तरलता अभाव भएकोले कार्यालय बन्द भएको सूचना टाँस गरेपछि बचतकर्ताहरुले आफ्नो रकम ठगी भएको भन्दै जिल्ला प्रशासन, प्रहरी र अन्य सरोकारवाला निकायको दैलो गुहारेका थिए । पीडितहरुको जाहेरी संकलन गरी जिल्ला प्रहरीले अनुसन्धान गरेपछि सरकारी वकिलको कार्यालयले २)८) असार २५ गते नेपाली बिरुद्ध मुद्दा दायर गरेको थियो । २)८) कै माघमा नेपाली बिरुद्द रेड कर्नर नोटिस जारी भएको थियो ।

भारतको नयाँ दिल्लीबाट पक्राउ गरेर नेपाल ल्याएपछि नेपाली जिल्ला अदालत बागलुङमा हाजिर गराइएका थिए । यो मुद्दामा सहकारीका संचालकहरु चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पनि पुर्पक्षमा छन् । सोही मुद्दामा ओमप्रसाद दर्जी भने धरौटीमा छुटेका थिए । जाहेरीमा सहकारी ऐन २०७४ को दफा १२२ को (घ), (ङ), (च), (छ), (ज) र .(ट) मा उल्लेखित कसुर गरेकोले उक्त ऐनको दफा १२४ को उपदफा १ बमोजिम हिनामिना गरेको रकम बराबरकै बिगो भराइ पाउन तथा ठगी मुद्दामा जेल सजाए समेतको माग गरिएको थियो ।

नेपालीको मुद्दामा अधिवक्ता राम शर्मा र केशवराज पराजुलीले बहस गरेका छन् । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी र प्रहरी उपरिक्षक ऋषिराम कंडेलले पीडितहरुलाई जुटाएर उनीहरुको रकम फिर्ता पाउने वातावरणमा सहजीकरण गरेका थिए । यो आदेशले नेपालीको जायजेथा, चल अचल सम्पत्तिबाट साना बचतकर्ताले पनि रकम फिर्ता पाउने वातावरण बन्ने प्रजिअ सुवेदीले बताए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

भर्खरै
तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki