Skip to content

follow us

baglungkhabar.tv

25th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

पावर फिटनेस जिल्ला लिगको फाइनलमा प्रवेश

bk logo final png
  • सिर्जना कार्की
  • ४ जेष्ठ २०८१, शुक्रबार २१:१७

बागलुङ । पावर फिटनेस क्लब बागलुङ जिल्ला लिग फुटबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेको छ । पावर फिटनेसले शुक्रबार रुद्रेपिपल युवा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । शुक्रबारको जितसँगै पावर फिटनेसले तीन खेलमा दुई खेलमा जित र एक खेलमा बराबरी खेल्दै ७ अंकसहित समुह ‘क’को शीर्ष स्थानमा रहँदै फाइनल प्रवेश गर्यो ।

पावर फिटनेसको फाइनल यात्राका लागि खेलको २७ औं मिनेटमा वरदान थापाले गोल गर्दै अग्रता दिलाएका थिए । टिटश विकले ५८ औं मिनेटमा गोल गर्दै फाइनल यात्रा सुनिश्चित गरेका थिए । पावर फिटनेसले आगामी आइतबार हुने फाइनल खेलमा समूह ‘ख’को शिर्ष स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै शुक्रबार नै भएको समुह ‘क’को खेलमा बागलुङ कालिका युवा क्लब (बागलुङ सुधार केन्द्र)ले कालिका भगवती युवा क्लबलाई ४–२ गोलअन्तरले पराजित गरेको छ ।

बागलुङ कालिकाको जितका लागि खेलको ३० औं मिनेटमा अर्जुन खत्रीले गोल गरेका थिएभने मनिक श्रेष्ठले खेलको ३२ औं र अतिरिक्त समयको दोस्रो मिनेटमा गोल गरेका थिए । यस्तै ३५ औं मिनेटमा पुकार फगामीले गोल गरे । कालिका भगवतीका लागि खेलको ३७ औं र ५६ औं मिनेटमा रोशन लामिछानेले दुई गोल गरेका थिए । बागलुङ कालिकाले तीन खेलमा दुई जित र एक हार सहित ६ अंकको साथ समुह ‘क’को दोस्रो स्थानमा रहेको छभने कालिका भगवती युवा क्लब दुई हार र एक बराबरी सहित १ अंकको साथ समुहको पुछारमा रह्यो ।

शनिबार लिगको समुह ‘ख’का अन्तिम दुई खेल हुनेछन् । शनिबार समुह ‘ख’को शिर्ष स्थानमा रहेको बाल जीवन खेलकुद क्लब (चिल्ड्रेन लाईफ)ले रेलिगेशन जोनमा रहेको रामरेखा फुटबल क्लबसँग खेल्नेछ । चिल्ड्रेन लाईफले जित वा बराबरी खेलेमा फाइनल प्रवेश गर्नेछ । दुई खेलमा नमिठो हार व्यहोरेको रामरेखाले रेलिगेशनबाट जोगिन जित्नुपर्ने बाध्यतामा रहेको छ । यस्तै शनिबार समुह ‘ख’को अन्तिम खेल गुठी युनाईटेड क्लब र विर गोर्खाली युवा क्लब विच हुनेछ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

जैमिनी नगरपालिकाकाे आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki