Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

रुद्रेपिपल, विर गोर्खाली र बाल जीवन विजयी

  • अर्जुन कार्की
  • ३ जेष्ठ २०८१, बिहीबार २१:५३

बागलुङ । बागलुङ जिल्ला लिग फुटबल प्रतियोगितामा बिहिबार रुद्रेपिपल युवा क्लब, विर गोर्खाली युवा क्लब र बाल जीवन खेलकुद क्लब (चिल्ड्रेन लाईफ स्पोर्टस् क्लब) विजयी भएका छन् ।

बिहिबार भएको पहिलो खेलमा रुद्रेपिपल युवा क्लबले कालिका भगवती युवा क्लबलाई १–० गोलअन्तरले पराजित गर्यो । प्रतिस्पर्धात्मक खेलको ६५ औं मिनेटमा ऋषि बगजाईले गरेको निर्णायक गोलको मद्धतमा रुद्रेपिपलले लिगमा पहिलो जित निकाल्यो । रुद्रेपिपलले प्रतियोगितामा एक जित र एक हार सहित तीन अंकको साथ समुह ‘क’को तेस्रो स्थानमा उक्लिएको छ ।

यस्तै बिहिबार भएको दोस्रो खेलमा विर गोर्खाली युवा क्लबले रामरेखा फुटबल क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकाल्यो । विर गोर्खालीलाई पहिलो जित दिलाउन सन्देश तामाङले खेलको तेस्रो मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तामाङले खेलको २६ औं र विश्वास थापाले खेलको ४२ औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे । रामरेखाको लागि खेलको ४९ औं मिनेटमा अविशेक केसीले सान्तोना गोल गरे ।

विर गोर्खालीले दोस्रो खेलमा पहिलो जित निकाल्दै तीन अंकका साथ समुह ‘ख’को अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । लगातार दोस्रो खेलमा पराजित भएको रामरेखा रेलिगेशन जोनमा परेको छ ।

यस्तै बिहिबार भएको समुह ‘ख’को हेभिवेट खेलमा बाल जीवन खेलकुद क्लब (चिल्ड्रेन लाईफ स्पोर्टस् क्लब)ले गुठी युनाईटेड क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै समुहको शीर्ष स्थानमा उक्लेको छ । चिल्ड्रेन लाईफलाई लिगमा दोस्रो जित दिलाउन मिलन मगरले खेलको ३६ औं मिनेटमा, निश्चल महतले ५५ औं मिनेटमा र सनम केसीले ७० औं मिनेटमा गोल गरेका थिए ।

दोस्रो जितसँगै चिल्ड्रेन लाईफले ६ अंकको साथसमुह ‘ख’को शीर्ष स्थानमा रहँदै फाइनल प्रवेशको सम्भावनालाई प्रवल बनाएको छ । गुठीको दुई खेलमा एक जित र एक हार सहित तीन अंकसहित समुहको दोस्रो स्थानमा रहेको छ ।

लिग अन्तरगत शुक्रबार समुह ‘क’का अन्तिम दुई खेल हुनेछन् । शुक्रबार पहिलो खेल बागलुङ कालिका युवा क्लब (बागलुङ सुधार केन्द्र) र कालिका भगवती युवा क्लब विच हुनेछभने दोस्रो खेल रुद्रेपिपल युवा क्लब र पावर फिटनेश क्लब विच हुने आयोजक बागलुङ जिल्ला फुटबल संघका अध्यक्ष जय राजभण्डारीले जानकारी दिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki