Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बानपाका सामुदायिक विद्यालयमा ‘दुई विद्यार्थी एक बेञ्च’ कार्यक्रम शुरुवात

bk logo final png
  • BAGLUNGKHABAR
  • २० श्रावण २०८०, शनिबार ०८:३८

बागलुङ, २० साउन । बागलुङ नगरपालिकाले ‘दुई विद्यार्थी एक बेञ्च’ कार्यक्रम शुरुवात गरेको छ । बागलुङ नगरपालिकामा रहेका सामुदायीक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहजतालाई मध्यनजर गर्दै नगरले बेञ्च वितरण थालेको हो ।

एउटा बेञ्चमा दुई जना मात्रै विद्यार्थी बस्न मिल्नेगरी तयार गरिएका बेञ्चहरु नगरपालिकाले १४ वटा विद्यालयका लागि उपलव्ध गराएको हो । हरेक वडाको एक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीका लागि पुग्ने गरी यो बर्ष बेञ्च वितरण गरिएको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए ।

यो बर्ष रामरेखा आधाभुत विद्यालयले ८, रुद्रेपिपल माविले ३३, धवलागिरी बिरेन्द्र माविले १६, कुँडुले माविले १२, कृष्ण आधारभुतले ६, लहरेपिपल माविले ७, तितौरे माविले १५, बौंडेचौर माविले १०, तित्याङ माविले ११, भैरव माविले ११, जनता आविले ९, लक्ष्मीनारायण आमाविले ९, त्रिभुवन माविले १४ र जनताधनले ८ बेञ्च पाएका छन ।

नगरपालिकाका भएका २४ माध्यमिक, ९ आधारभुत र ४९ वटा प्राथमिक तहका गरी ८२ विद्यालयमा यो कार्यक्रम लागु हुनेछ । एकै बर्ष बजेटले पुगेन तथा कार्यान्वयन पनि कठिन भयो भने आगामी वर्षहरुमा निरन्तर रुपमा बेञ्चहरु विद्यालयमा पुग्ने र कुनै पनि विद्यालय नछुट्ने पोखरेलले बताए ।

नगरले तयार गरेका बेञ्चमा दुई जना विद्यार्थी आरामले बस्न मिल्छ भने विद्यार्थीहरुको झोला तथा खाजा राख्नका लागि बेञ्चमा नै व्यवस्था मिलाईएको छ । नगरपालिकाले विद्यालयहरुमा सेनेटरी प्याडसमेत वितरण गरेको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki