Skip to content

follow us

baglungkhabar.tv

19th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

नेपालको गुमेको भूमि फिर्ता ल्याउन एमाले सरकार आवश्यक: अध्यक्ष केपी ओली

bk logo final png
  • बागलुङखबर
  • २१ कार्तिक २०७९, सोमबार १७:१२

बागलुङ, २१ कार्तिक । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सरकारले बाहेक अरूले नेपालको गुमेको भूमि फिर्ता ल्याउन नसक्ने बताएका छन्।

एमाले बागलुङले जिल्लाको बुर्तिबाङ बजारमा आयोजना गरेको चुनावी सभालाई (आज) सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालको गुमेको भूमि फिर्ता गर्न एमाले सरकारले मात्र सक्ने भएकाले एमालेलाई विजयी गराउनुपर्ने बताए।

दार्चुलामा पुगेर आफूले गुमेको भूमि फिर्ता गर्ने बताउँदा प्रधानमन्त्रीले बन्दुक लगेर सीमामा जानु भन्ने भाषण गरेको कुरा उठाउँदै गुमेको भूमि कसरी फिर्ता गर्ने भन्ने नै भुलेको उनको भनाइ छ।

एमालेले आगामी मंसिर ४ गतेको निर्वाचनमा बहुमत प्राप्त गर्ने बताएका छन्। उनले राष्ट्र जोगाउनेलाई जिताउने वा भागबण्डामा रमाउनेलाई जिताउने त्यो जनताको हातमा रहेको बताए।

‘यो निर्वाचन देशको भविष्यसँग जोडिएको छ, राष्ट्र जोगाउनेलाई जिताउने हो या गठबन्धन गरेर भागबण्डामा रमाउनेलाई जिताउने त्यो जनताको हातमा छ’ ओलीले भने ‘एमाले मात्रै विकास गर्ने पार्टी हो, यहाँ जनताका समस्या एमालेले मात्र बुझेको छ।’

अहिलेको सरकार नीतिगत भ्रष्टचारमा लिप्त भएको उनले आरोप लगाए। अध्यक्ष ओलीले सरकारले कार्यकर्ता पाल्ने गरी बजेट र कार्यक्रम नै नभएको ठाउँमा पैसा खर्च गरिरहेको बताए।

‘प्रधानमन्त्रीको अहिले प्रचण्डसँग संगत भएकाले होला बन्दुक बाहेक अरु बोल्न छोड्नुभएछ, अध्यक्ष ओलीले भने, ‘अरू देशहरू बीचको सीमा विवाद वार्ताबाट समाधान भएका छन्। हामीले पनि वार्ता गरेर गुमेको भुमि फिर्ता गछौं।’

जनताको दुःख, सुख सोही स्थानको नेतालाई मात्र थाहा हुने बताउँदै टुरिष्ट उम्मेदवारलाई सम्मान गर्न र स्थानीय उम्मेदवारलाई जिताउन आग्रह गरे।

नेकपा एमाले बागलुङले आयोजना गरेको आमसभामा सम्बोधन गर्दै एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिर : अर्जुन कार्की

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

भर्खरै

एक महिने ब्यूटिसियन र १५ दिने नेपाली खाना बनाउने (कुक) तालिम प्रदान

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki