Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

गुहेली सञ्चार सहकारीको १६ औं बार्षिक साधारणसभा सम्पन्न

  • रामु जिसी
  • १० आश्विन २०७९, सोमबार १८:४६

बागलुङ, १० असोज । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका मुख्य कार्यालय रहेको गुहेली सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले ९ करोड ९१ लाख रुपैयाँ भन्दा बढी कारोबार गरेको छ ।

सहकारीको सोमबार सम्पन्न १६ औं बार्षिक साधारणसभामा सहकारीका कोषाध्यक्ष गीता हमालले सहकारीले आर्थिक वर्ष २०७८/०७९ मा ९ करोड ९१ लाख ६३ हजार ५ सय ८३ रुपैयाँको कारोबार गरेको बताउनुभयो । उहाँले सहकारीको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको शेयर पूँजी १ करोड ३ लाख ४७ हजार ४ सय रुपैयाँ रहेको बताउनुभयो ।

 

सहकारीको साधारणसभाको उद्घाटन पछि बोल्दै सल्लाहकार अमर बहादुर थापाले सहकारी भनेको सहकार्य रहेको बताउनुभयो । सवैको सहकार्यले मात्र सहकारी राम्रो हुने बताउँदै संचालक समितिले मात्र काम गरेर नहुने र शेयर सदस्यहरुले पनि सहकार्य गरेर सहकारीलाई अगाडी बढाउनुपर्ने बताउनुभयो ।

सल्लाहकार थापाले दुःख पर्दा ऋणको लागि साहुको घरमा हात थाप्न नपरोस् भनेर सहकारीमा सहकार्य गरेको बताउँदै त्यसको लागि मुनाफा आर्जन गर्न सवै शेयर सदस्यहरुले सहकार्य गरेर सहकारीलाई अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले गुहेली सहकारीले बचत र ऋणको कारोबार गरेर शेयर सदस्यलाई आर्थिक रुपमा सहयोग गर्नुको साथै संचारमा लगानी गरेर देश, विदेश र गाउँघरका सूचना र समाचार घरघरमा पु¥याउने काम गरेको बताउनुभयो ।

साधारणसभामा काठेखोला गाउँपालिका कार्यपालिका सदस्य टिक संगम विक, सहकारीका सल्लाहकार चन्द्रमणी उपाध्याय, नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय राना र लहरेपिपल स्वास्थ्य चौकीका अहेश लक्ष्मण कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साधारणसभामा संस्थाका सचिव सुर्य बहादुर थापाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष गीता हमाल र लेखा समिति संयोजक सीता शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभाले प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखा प्रतिवेदनसर्वसम्मत पास गरेको संस्थाका प्रबन्धक प्रसाद थापाले बताउनुभयो ।

साधारणसभामा कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा रहेर कार्य गरेको भन्दै सहकारीका शेयर सदस्य लहरेपिपल स्वास्थ्य चौकीका अहेब लक्ष्मण कार्कीलाई सम्मान गरिएको थियो । यस्तै संस्थाले संचालन गरेको खबरवेडटकम अनलाईनका वेभसाइट डिजाइनर हरि कार्की, संस्थामा उत्कृष्ट कार्य गर्ने संचालक टिकाराम उपाध्याय र बाल बचतकर्ता जेनिसा गौतमलाई सम्मान गरिएको थियो ।

यस्तै सहकारीका उपाध्यक्ष टिकाराम उपाध्यायको परिवारले स्वर्गिय बावा कलाधर उपाध्याय र आमा गौरी उपाध्यायको स्मृतिमा सञ्चारको क्षेत्रमा काम गर्ने सञ्चारकर्मी र ज्येष्ठ नागरिकलाई सम्मान गर्ने उद्देश्यले सहकारीमा स्थापना गरेको ‘कलागौरी स्मृति अक्षयकोष–२०७५’बाट यस वर्ष सञ्चार क्षेत्र तर्फ पत्रकार महासंघ बागलुङका सचिव विजय राना र ज्येष्ट नागरिक तर्फ संस्थाका शेयर सदस्य चक्रपाणी जैसीलाई पुरस्कृत गरिएको छ ।

सहकारीका अध्यक्ष खिम बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत उपाध्यक्ष टिकाराम उपाध्याय र संचालन सचिव सुर्य बहादुर थापाले गर्नुभएको थियो ।

२०६४ सालमा काठेखोला गाउँपालिका–२ भीमापोखरामा स्थापना भएको सहकारीले हाल दुई स्थानमा कार्यालय संचालन गरि सेवा प्रवाह गरिरहेको छ । सहकारीमा हाल ८ सय ६० जना शेयर सदस्य रहेको प्रबन्धक थापाले बताउनुभयो । सहकारीले मुख्य कार्यालय भीमापोखरामा मासिक कारोबार र सेवा कार्यालय बागलुङ बजारबाट दैनिक कारोबार गर्दै आएको छ ।

सहकारीले जननिगरानी साप्ताहिक पत्रिका र खबरवेडटकम अनलाईन संचालन गरिरहेको छ । संचार तथा अन्य सामाजिक एवम् बिपतको क्षेत्रमा समेत काम र सहयोग गर्दै आएको सहकारीले यस वर्षदेखि मुख्य कार्यालय भीमापोखरामा आफ्नै भवनबाट कृषि उपज संकलन केन्द्र स्थापना गर्ने र दैनिक कारोबार संचालन गर्ने तयारीमा गरेको अध्यक्ष खिम बहादुर कार्कीले बताउनुभयो ।

 

 

 

 

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki