Skip to content

follow us

baglungkhabar.tv

24th November 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

चितुवाको मुखबाट छोरा खोस्ने साहसी आमा

bk logo final png
  • Baglungkhabar
  • ९ भाद्र २०७९, बिहीबार १५:३९
तनहुँ भाद्र ०९ । तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाँटारमा हिजाे बेलुका तीन वर्षीय बालकलाई चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएकाे छ । स्थानीय सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएकाे हाे ।

हिजै बेलुका त्यही ठाउँका हेमबहादुर रानाको खसीलाई चितुवाले आक्रमण गरेर घाइते बनाएपछि बालक परियारलाई समेत चितुवाले आक्रमण गरेको थियो ।

रानाले होहल्ला गरेपछि भागेको चितुवाले पुनः गाउँमा पसेर परियारलाई आक्रमण गरेको थियो । बेलुका झन्डै ६ बजेको समयमा घरको पिँढीमा खेलिरहेका उनलाई चितुवाले तानेर लगेको जानकारी पाएको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले बताउनुभयो ।

बालकलाई लैजान थालेपछि उनकी आमा पनि चितुवाको पछिपछि कुद्नुभएकाे थियाे । परियार करिब ५० मिटर टाढा पुगेर छोरालाई खोसेर ल्याउन सफल हुनुभएकाे स्थानीय वासु पन्थले जानकारी दिनुभयो । घाइते बालकको बन्दीपुर गाउँपालिका–४ डुम्रेमा रहेकाे मोती हेल्थ क्लिनिकमा प्राथमिक उपचार गरिएको थियो । उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिनुभयो ।

उनको घाँटी तथा शरीरका अन्य भागमा चाेट लागेकाे छ । केही महिनाअघि मात्रै बन्दीपुर–१ का ५ वर्षीय बालक सुप्रिम बगालेको चितुवाको आक्रमणमा परि ज्यान गएकाे थियाे । यस घटनामा एक बालिकासहित दुईजना चितुवाको आक्रमणबाट घाइते भएका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङको हल्लनचोकबाट नौ जुवाडे पक्राउ

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

लोकप्रिय

बागलुङमा महिलालाई साबुन बनाउने तालिम, सीपलाई उद्यमसँग जोड्ने प्रयास

गणेश पोवीसरा स्मृति कोषद्वारा सञ्चालित छात्र भलिबलको फाइनल समीकरण पूरा

रास्वपाले खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा रोक

चाडपर्वलाई लक्षित गर्दै बागलुङमा सुरक्षा व्यवस्था कडा

भर्खरै

बागलुङमा कर सप्ताह सकियो

नेपाली काँग्रेस बागलुङ इतर पक्षको सभापतिमा छन्त्याल चयन

बागलुङमा राष्ट्रिय कर सप्ताह ः करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनता सँगै चुनावमा हुन्छु : देउवा

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki