Skip to content

follow us

baglungkhabar.tv

28th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

bk logo final png
  • bk
  • १७ श्रावण २०७९, मंगलवार ११:४४

बागलुङ,श्रावण १७ ।  अविरल वर्षापछि खसेका सानाठूला दर्जन पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । पहिरोकै कारण बागलुङ-कुश्मीसेरा सडक पनि अवरुद्ध भएको छ ।

गएरातिदेखि नै खसेका पहिरोले करिडोरको दर्जनबढी स्थानमा सडक अवरुद्ध भएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए । गत वर्ष खसेको ठूलो पहिरोमा निरन्तर लेदो खसेपछि कुश्मीसेरा सडक पनि अवरुद्ध भएको हो ।

‘लेदो सहितको पहिरो खसिरहेको छ, जोखिम मोलेर सवारी गुड्न दिएका छैनौं,’ रानाले भने, ‘पहिरो पन्छाउन डोजर प्रयोग भएपनि निरन्तर वर्षाले अप्ठ्यारो भएको छ ।’ पहिरो पन्छाउन जैमिनी नगरपालिकाले नियमित डोजरको प्रयोग गर्दै आएको हो ।

करिडोर र बागलुङ-कुश्मीसेरा खण्ड अवरुद्ध हुँदा दक्षिण बागलुङको बलेवादेखि जैमिनी नगरपालिका र बरेङ गाउँपालिकासम्मका यात्रीले यात्रा गर्न पाएका छैनन् । करिडोरमा भने असार लागेपछि नै नियमित सवारी गुड्न सकेका छैनन् । सडक रोकिएकै कारण दैनिक आउने दूध र तरकारी समेत रोकिएका छन् ।

‘दूध नआएपछि नियमित ग्राहकलाई दिन पाइएन,’ स्थानीय व्यवसायी हिरादेवी शर्माले भनिन्, ‘ल्याएको दूध बाटैमा फाट्ने भयो ।’ गत वर्ष बागलुङ नगरपालिका १० को गलुवामा खसेको पहिरोले करिडोर सहित कुश्मीसेरा जाने तर्फको कालोपत्रे सडकको दुइवटा घुम्ती समेत बगाएको थियो ।

पहिरोले गत वर्ष तीन महिनासम्म यो सडक अवरुद्ध थियो । २ करोड लागतमा मात्रै पुनर्निर्माण गर्न सकिने भनिएको सडक बनाउन बागलुङ नगरपालिकाले २० लाख खर्चेर ट्रयाक खोलेको थियो ।

यो बर्खामा पनि दैनिक जसो अवरुद्ध हुन लागेपछि जैमिनी नगरपालिकाले डोजरको व्यवस्थापन गरेर नियमित खुलाउने काम गरिरहेको छ । सडकको स्थायी संरचना बनाउन माग गर्दै प्रदेश सरकारमा माग पुगेपनि बजेट विनियोजन भएको छैन ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

विद्यार्थीलाई सम्मान तथा बधाई

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki