Skip to content

follow us

baglungkhabar.tv

25th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बिरानो बन्दै नेपाली भाषा

bk logo final png
  • bk
  • १४ श्रावण २०७९, शनिबार ०७:५३

काठमाडौं, १४ साउन । बहुसङ्ख्यक नेपालीले बोल्ने भाषा भए पनि माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नेपाली र सामाजिक शिक्षा विषयका परीक्षार्थीको नतिजा अत्यन्तै कमजोर देखिएको छ । यो अवस्थाले नेपाली नागरिककै लागि नेपाली भाषा बिस्तारै बिरानो बन्दै गएको देखिन्छ ।

राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको नतिजाअनुसार नेपाली विषयमा ‘ए प्लस’ ग्रेड ल्याउने परीक्षार्थी एक हजार ८०४ जना मात्रै छन्। ‘ए ग्रेड’ नै ल्याउने सामाजिक अध्ययन विषयका परीक्षार्थी पनि जम्मा तीन हजार २८३ जना मात्रै छन् ।

अधिकांश विद्यालय नेपाली भाषामा पढाइ हुने विषय यी दुई मात्रै हुन् । जबकि अङ्ग्रेजी विषयमा सबैभन्दा धेरै अर्थात् १५ हजार ३९९ जनाले ‘ए प्लस’ ल्याएका छन् । २०६८ सालको जनगणनाअनुसार मुलुकमा ४४ प्रतिशत नागरिक नेपाली भाषी छन् । तर एसईईको नतिजाले विद्यार्थी तथा अभिभावकमा समेत अङ्ग्रेजी मोह बढ्दै गएको र नेपाली भाषा क्रमशः बिरानो बन्न थालेको देखिन्छ ।

एसईईको नतिजाअनुसार अनिवार्य विषयमध्ये स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण विषयमा १३ हजार ९८९ जना छन्। विज्ञान विषयमा आठ हजार ६५८ जनाले ए प्लस ल्याएका छन्। गणित विषयमा चार हजार ९५१ जनाले ए प्लस ल्याएका छन्। यी सबै अनिवार्य विषय हुन्। विद्यार्थीले आठवटा विषयमा कुल आठ सय पूर्णाङ्कका लागि परीक्षा दिएका थिए। जसमध्ये छवटा विषय अनिवार्य तथा दुईवटा ऐच्छिक समूहका थिए। ए ग्रेड ल्याउने परीक्षार्थी पनि अङ्ग्रेजी विषयकै धेरै छन्। यस विषयमा ५९ हजार १६९ जनाले ए ग्रेड ल्याएका छन्। स्वास्थ्य जनसङ्ख्या तथा शारीरिक विषयमा ५६ हजार ८४७ जनाले ए ग्रेड ल्याएका छन्। त्यस्तै नेपाली, विज्ञान र सामाजिक अध्ययन विषयमा ए ग्रेड ल्याउने परीक्षार्थी क्रमशः २३ हजार ८७०, २९ हजार ६८९, तथा २४ हजार ९१४ जना छन्। गणित विषयमा १३ हजार ५० जनाले ए ग्रेड ल्याएका छन्।

तुलनात्मक रूपमा माथिल्लो ग्रेडमा थोरै रहेको विषयमा तल्लो ग्रेड धेरै छ। तर मुलुकको मौलिक पहिचान, प्राकृतिक स्रोत, धार्मिक सम्पदा तथा ऐतिहासिक तथा समसामयिक विषयमा ज्ञान दिने उद्देश्यले निर्माण गरिएको सामाजिक अध्ययन तथा नेपाली विषयमा भने विद्यार्थीको सिकाइ स्तर कमजोर देखिएको छ। पछिल्लो समय निजी विद्यालयको सिको गर्दै सामुदायिक विद्यालयले पनि अङ्ग्रेजी माध्यमको पढाइलाई प्राथमिकता दिने गरेका छन्। यो समाचार गोरखापत्र दैनिकमा छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

जैमिनी नगरपालिकाकाे आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki