Skip to content

follow us

baglungkhabar.tv

10th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

  • २३ असार २०७९, बिहीबार १७:१०

बागलुङ, २३ असार । पोखरामा बिहिबारबाट सुरु भएको गण्डकी प्रदेशस्तरिय छात्र/छात्रा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७८ मा बादल कार्कीले बागलुङलाई पहिलो स्वर्ण दिलाएका छन् ।

कार्कीले ८०० मिटर छात्र दौडमा २ मिनेट ०५.०९ सेकेण्डमा दौड पुरा गरी स्वर्ण जितेका हुन् । ८०० मिटर छात्र दौडमा कास्कीका प्रवेश आचार्यले २ मिनेट ०८ सेकेण्डमा दौड पुरा गरी रजत र लमजुङका विकास पोखरेलले मिनेट ०९.०१ सेकेण्डमा दौड पुरा गरी कास्य पदक प्राप्त गरेका छन् ।

बिहिबार नै भएको छात्रा तर्फ ८०० मिटर दौडमा स्याङजाकी जानकी खरालले २ मिनेट ४१.२ सेकेण्डमा दौड पुरा गरी स्वर्ण पदक हातपारिन भने, तनहुँकी विनिता सार्कीले २ मिनेट ५१ सेकेण्डमा दौड पुरा गरी रजत पदक र बागलुङकी गंगा सुनारले २ मिनेट ५६.०३ सेकेण्डमा दौड पुरा गरी काश्य पदक हात पारिन् ।

यस्तै १५०० मिटर छात्रा दौडमा पनि स्याङ्जाकी जानकी खरालले ५ मिनेट २६.४ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितेकी छिन्भने बागलुङकी पार्वती नेपालीले ५ मिनेट ४०.३ सेकेण्डमा दौड पुरा गरी रजत पदक र नवलपुरकी यमुना थापाले ५१ मिनेट ४५.५ सेकेण्डमा दौड पुरा गरी कास्य पदक जित्न सफल भएका छन् ।

छात्रतर्फको १५०० मिटर दौडमा पर्वतका कृष्ण परियारले ४ मिनेट २२.९ सेकेण्डमा दौढ पुरा गरी स्वर्ण जितेका छन् भने लमजुङका विकास पोखरेलले ४ मिनेट २९.२ सेकेण्डमा दौड पुरा गरी रजत र कास्कीका बिबेक परियारले ४ मिनेट ३२.१ सेकेण्डमा दौड पुरा गरी कास्य पदक प्राप्त गरे ।

यस्तै बिहिबार नै सम्पन्न १०० मिटर दौड छात्रतर्फ नवलपुरका तारा प्रसाद थनेतले स्वर्ण पदक जितेका छन् । आफ्ना १० प्रतिष्पर्धीलाई उछिन्दै उनले १२.२ सेकेण्डमा पुरा गरी स्वर्ण जितेका हुन् । छात्रतर्फनै १२.०३ सेकेण्डमा दौड पुरा गरेका तनहुँका प्रेम बहादुर थापाले रजत पदक हात पार्दा म्याग्दीका आशिष केसीले १२.०९ सेकेण्डमा दौड पुरा गरी कास्य पदक प्राप्त गर्न सफल भए ।

छात्रा १०० मिटर दौडमा स्याङजाकी समिक्षा गैरेले १४.६६ सेकेण्डमा दौड पुरा गरी स्वर्ण पदक हात पारेकी छन् भने नवलपुरकी प्रतिक्षा वाग्लेले १५.२१ सेकेण्डमा दौड पुरा गरी रजत र लमजुङकी लक्ष्मी परियारले १६.०० सेकेण्डमा दौड पुरा गरी कास्य पदक हात पारिन् ।

प्रतियोगितामा गण्डकी प्रदेशका १० जिल्लाका ५ सय ७४ जना खेलाडीको सहभागिता रहेको छ । उनीहरुले एथलेटिक्स, भलिबल, कब्बडी, तेक्वान्दो, कराते र उशुमा प्रतिष्पर्धा गरिरहेका छन् । प्रतियोगिता भोली शुक्रबार सम्पन्न हुनेछ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय फिर्ता लिन माग

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

एक महिने ब्यूटिसियन र १५ दिने नेपाली खाना बनाउने (कुक) तालिम प्रदान

भर्खरै

पर्यटकको पर्खाइमा सिद्द बराह ताल

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki