Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङ, जैमिनी र बरेङमा गठबन्धन विजयी

bk logo final png
  • बागलुङ खबर
  • ४ जेष्ठ २०७९, बुधबार ०९:१४

बागलुङ, ४ जेठ । बागलुङ जिल्लाको बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा पाँच दलिय गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।

बागलुङ नगरपालिकामा गठबन्धनका साझा उम्मेदवार प्रमुखमा नेपाली काँग्रेसका बसन्त कुमार श्रेष्ठ र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका राजु खड्का निर्वाचित भएका हुन् । श्रेष्ठले १४ हजार ६ सय ७८ मत प्राप्त गरि निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जनकराज पौडेलले ८ हजार ८ सय २१ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा माओवादी केन्द्रका राजु खड्काले १२ हजार ४ सय २७ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका संजय खड्काले ८ हजार ६४ मत प्राप्त गरेका छन् ।

बागलुङ नगरपालिकाको १४ वडा मध्ये १० वटा वडामा गठबन्धनका उम्मेदवार र ३ वटा वडामा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी विच भएको चुनावी गठबन्धनमा नेपाली काँग्रेसले वडा नम्बर १, ३, ८, ९, ११, १३ र १४ मा नेपाली काँग्रेस, वडा नम्बर २ र १९ मा नेकपा एकीकृत समाजवादी, वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् । नेकपा एमालेले वडा नम्बर ५, ६ र ७ मा विजयी भएको छ भने वडा नम्बर १२ मा स्वतन्त्र विजयी भएका छन् ।

यस्तै पाँच दलिय गठबन्धनले जैमिनी नगरपालिकाको प्रमुख र उपप्रमुखमा विजयी भएको छ । जैमिनी नगरपालिकाको प्रमुखमा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका नर बहादुर पुन र उपप्रमुखमा नेपाली काँग्रेसका हरिहर शर्मा निर्वाचित भएका छन् ।

पुनले ८ हजार ७ सय ५५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लिला रानाले २ हजार ८ सय ७३ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा नेपाली काँग्रेसका हरिहर शर्माले ९ हजार १ सय ७३ मत प्राप्त गरि निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उषा पौडेलले २ हजार ६ सय ३६ मत प्राप्त गरेकी छिन् ।

जैमिनी नगरपालिकाको १० वटा वडा मध्ये गठबन्धनले ९ र नेकपा एमालेले १ वटा वडामा विजयी भएको छ । गठबन्धनबाट नेपाली काँग्रेसले वडा नम्बर १, २, ५, ७ र ८ मा विजयी भएको छभने माओवादी केन्द्रले वडा नम्बर ३ र ६ तथा राष्ट्रिय जनमोर्चाले वडा नम्बर १० मा विजयी भएको छ । नेकपा एमालेले वडा नम्बर ९ मा विजयी भएको छ ।

यस्तै बरेङ गाउँपलिकाको अध्यक्षमा पाँच दलिय गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका कृष्ण प्रसाद शर्मा र उपाध्यक्षमा नेपाली काँग्रेसका दिलिप कुमार पुन निर्वाचित भएका छन् ।

शर्मा अध्यक्षमा दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले ३ हजार ६ सय १ मत प्राप्त गरि विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रदिप थापाले २ हजार २ सय ३२ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसका दलिप कुमार पुनले ३ हजार ६ सय ८२ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी दुर्गा कार्की थापा क्षेत्रीले १ हजार ९ सय ५५ मत प्राप्त गरेकी छन् ।

५ वटा वडा रहेको बरेङ गाउँपालिकामा पाँच दलिय गठबन्धनले ४ र नेकपा एमाले १ वटा वडामा विजयी भएका छन् । गठबन्धनबाट नेपाली काँग्रेसले वडा नम्बर ४ र ५ मा विजयी भएको छभने राष्ट्रिय जनमोर्चा वडा नम्बर १ र २ मा विजयी भएको छ । वडा नम्बर ३ मा नेकपा एमाले विजयी भएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki