Skip to content

follow us

baglungkhabar.tv

23rd September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङका थप तीन वडामा गठबन्धनका उम्मेदवार विजयी

  • १ जेष्ठ २०७९, आईतवार ०९:२६

बागलुङ, १ जेठ । बागलुङ नगरपालिका–१ को वडा अध्यक्षमा पाँच दलिय गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका जय बहादुर केसी विजयी भएका छन् ।

नेकपा एमालेका उम्मेदवार दुर्गे सार्कीलाई ८ मतले पराजित गर्दै केसी निर्वाचित भएका हुन् । केसीले ४ सय ७४ मत प्राप्त गरेभने सार्कीले ४ सय ६६ मत प्राप्त गरे ।

चार जना वडा सदस्यमा एमालेका उम्मेदवारहरु विजयी भएका छन् । महिला वडा सदस्यमा नेकपा एमालेका शान्तीदेवी शर्मा, दलित महिला सदस्यमा नेकपा एमालेकी टिकादेवी सार्की, खुल्ला सदस्यमा नेकपा एमालेका सोम बहादुर बोहरा र कृष्ण बहादुर कार्की विजयी भएका छन् ।

यस्तै काठेखोला गाउँपालिका–१ बाट गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका खडक थापा निर्वाचित भएका छन् । थापाले ९ सय १५ मत प्राप्त गर्दै पुनः वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका गोविन्द बहादुर खड्काले ५ सय १८ मत प्राप्त गरे । थापा संगै वडा नम्बर १ मा गठबन्धनको प्यानल विजयी भएको छ । महिला सदस्यमा देवि थापा मगर, दलित महिला सदस्यमा तरा किसान, खुल्ला सदस्यमा गोविन्द थापा मगर र डिलबहादुर जिसी निर्वाचित भएका छन् ।

गलकोट नगरपालिका वडा नम्वर २ मा ५ दलीय गठबन्धको प्यानल विजयी भएको छ । वडा नम्वर २ मा ५ दलिय गठबन्धनको तर्फबाट अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेद्वार हिम बहादुर भण्डारी सहितको प्यानल विजयी भएको छ । भण्डारी ७ सय ६३ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

भण्डारीका प्रतिस्पर्धी नेकपा एमालेका टंक कार्कीले ३ सय ८५ मत प्राप्त गरे । त्यस्तै खुल्ला सदस्य उमेश नेपाली र रुद्र सिंह श्रीस, महिला सदस्य मिना श्रीस र दलित महिला सदस्य ज्ञानु परियार निर्वाचित भएका छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

भीषण बाढी: तमानखोला गाउँपालिकाका ९ जना नागरिक सम्पर्कविहीन

भर्खरै
तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki