Skip to content

follow us

baglungkhabar.tv

24th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

व्यवहारिक शिक्षामा जोड दिने पौडेलको प्रतिबद्धता

bk logo final png
  • बागलुङ खबर
  • २२ बैशाख २०७९, बिहीबार १९:२७

बागलुङ, २२ बैशाख । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बागलुङ नगरपालिकाका साझा उमेद्वारहरुले व्यवहारीक शिक्षामा जोड दिने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । बिहिबार बागलुङ नगरपालिका–९ तित्याङको चुनावीसभालाई सम्बोधन गर्दै उमेद्वारहरुले शिक्षामा सुधारको आवश्यकता रहेको बताए ।

चुनावी सभामा नेकपा एमालेको तर्फबाट नगरप्रमुख पदका उमेद्वार जनकराज पौडेलले समय सुहाउँदो शिक्षाका लागि सामुदायीक विद्यालयहरुलाई आवासीय विद्यालयको रुपमा बिकास गर्ने बताए । ‘विश्व बजारमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादन गर्ने मुख्य चुनौती छ, अहिले हाम्रा सामुदायीक बिद्यालयहरु रित्तिँदै गएका छन्’ पौडेलले भने ‘सबै सुविधा सहित सामुदायीक विद्यालयलाई आवासीय बनाउने योजनामा छु, त्यसका लागि यसअघिको कार्यकालमा आधरहरु तयार गरेको छु ।’

 

 

पौडेलले प्राबिधिक तथा व्यवहारिक शिक्षा मार्फत स्वरोजगारी सिर्जनामा लागिने बताए । उनले कृषि र पर्यटनको बिकास गरेर बागलुङ नगरलाई समृद्ध सांकृतिक पर्यटकीय नगर बनाउने योजना सुनाए । ‘आम जनताका दिनानुदिनका समस्यामा हामि सँगै छौं, सहयोग गरिरहेका छौं’ पौडेलले भने ‘ठुला योजनाका काम पनि भएका छन्, अझै गर्ने योजना छ ।’

उपप्रमुख पदका उमेद्वार राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सञ्जय श्रेष्ठले सामाजिक बिकास आफ्नो प्राथमिकतामा रहने बताए । समाजमा रहेका बेथितीको अन्तय, संबिधानले प्रत्याभुत गरेका अधिकार प्राप्तिका लागि आफु सधैं लडाईंमा रहने भन्दै उनले दलित, महिला, जनजाती लगायत हरेक समुदायका नागरिकको अधिकारका लागि आफ्नो उमेद्वारी महत्वपूर्ण रहेको दावी गरे ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्लाका सह–इञ्चार्ज इन्द्रलाल सापकोटाले नेकपा एमाले मात्रै देशको मुहार फेर्नसक्ने पार्टी भएकाले एमाले र एमालेसँग तालमेल गरेका उमेद्वारहरुलाई निर्वाचित गर्नुपर्नेमा जोड दिए । ‘बिकास गर्दैनन्, बाउआमा पाल्दैनन् भन्नेहरुका लागि एमालेले यस अघिका सरकार मार्फत जवाफ दिएको छ’ सपाकोटाले भने ‘एमाले हराउ अभियानका मतियार पाँच दलिय गठबन्धनले एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैन ।’

नेकपा एमालेका जिल्ला अध्यक्ष हिरा बहादुर केसीले पाँचदलीय गठबन्धन सँग भ्रम मात्रै रहेको बताए । जनतामा भ्रम सिर्जना गरेर मात्रै निर्वाचन जित्ने दाउ खोज्ने खठबन्धनलाई एजेण्डा र जनताको मन जीतेर चुनाव जित्न चुनौती दिए । राप्रपाका जिल्ला सुरेन्द्र खड्काले बागलुङ नगरपालिकामा राप्रपा एमाले गठबन्धनले यस अघीको निर्वाचनमा जितेपछि भएका काम र हारेका उमेद्वारले पाँच बर्षमा जनताको नजिकै नपर्नु भएको बताए । ‘आफ्ना काममा मात्रै केन्द्रित हुने, पाएका संघ संस्थाको नेतृत्व समेत गतिलो गरी सम्हाल्न नसक्ने उमेद्वारले बिकासप्रेमी नेतालाई कसरी जित्न सक्छ’ खड्काले भने ‘मैले व्यक्तिगत आरोप लगाएको होईन, प्रतिस्पधिका कार्यकलापमै प्रश्नहरु छन् ।’

कार्यक्रममा नेकपा एमालेका उपसचिव गणेश थापा, तित्याङ इञ्चार्ज अनन्त खड्का, वडा अध्यक्षका उमेद्वार अगम खड्का, विद्यार्थी नेता शेखर खड्का, जनप्रतिनिधि गंगा केसी र युवा संघका केन्द्रिय सदस्य सुजन केसी लगायतले बोलेका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

भीषण बाढी: तमानखोला गाउँपालिकाका ९ जना नागरिक सम्पर्कविहीन

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki