Skip to content

follow us

baglungkhabar.tv

28th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

हाम्रो लक्ष्य विश्वकप पुग्ने हो : कप्तान सन्दीप

bk logo final png
  • बागलुङ खबर
  • ५ फाल्गुन २०७८, बिहीबार २१:४०

काठमाडौं, ५ फागुन । नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपाली टोलीको लक्ष्य विश्वकपमा स्थान बनाउनु भएको बताएका छन् ।

आईसीसी टी–२० विश्वकप छनोटको ग्लोबल छनोटको पूर्वसन्ध्यामा बोल्दै कप्तान सन्दीपले नेपाली टोलीको लक्ष्य नै विश्वकप छनोट हुनु भएको र त्यसका लागि टोलीको तयारी पुरा भएको बताए ।

‘विश्वकप छनोटको लक्ष्य लिएर आएका छौं । खेलाडीको प्रदर्शन हेर्दा विश्वकप छनोटका लागि हामी सक्षम छौं । सबैको अल्टिमेट टार्गेट भनेको विश्वकप पुग्नु हो ।’ २१ वर्षीय सन्दीपले भने ।

नेपालले प्रतियोगितामा भोलि (बिहीबार) घरेलु टोली ओमानविरुद्ध खेल्दै सुरुआत गर्नेछ । खेल नेपाली समय अनुसार अल अमेरात क्रिकेट मैदानमा बिहान पौने १२ बजे सुरुहुनेछ ।

समूह ‘बी’ मा नेपाल सहित आयोजक ओमान, क्यानडा र फिलिपिन्स छन् । समूहको शीर्ष दुईमा रहे नेपाल ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

नेपाल दोस्रो पटक विश्वपकमा छनोट हुने लक्ष्यमा छ । जसका लागि नेपाली टोलीले ओमानमै चारदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो ।

यस शृंखलालाई नेपालले आफ्नो तयारीका लागि महत्त्वपूर्ण मानेको थियो । यस खेलबाट खेलाडी र टिम समेट सन्तुष्ट छन् ।

‘चारदेशीय शृंखला विश्वकपको ग्लोबल छनोट तयारीका लागि महत्त्वपूर्ण थियो । यसले खेलाडीको व्यक्तिगत प्रदर्शन र ग्राउन्डको अवस्थाका लगायत सबै कुरामा प्रभावकारी भयो ।’ सन्दीपले भने ।

यस्तै सन्दीपले नेपाली टोलीको बलिङ, ब्याटिङ र फिल्डिङ तीनै क्षेत्रमा बिस्तारै राम्रो भइरहेको र खेलाडीको प्रदर्शन अनुसार छनोट हुन नेपाल सक्षम रहेको बताए ।

यता, टोलीका प्रशिक्षक पुबुदु दासानायकेले चारदेशीय शृंखलाबाट धेरै कमजोरी सुधार भएको र योजना अनुसार प्रदर्शन भइरहेको बताए ।

‘चारदेशीय शृंखला खेल्यौं । त्यसबाट टोलीको कमजोरी सुधार्ने मौका पायौं । यसबाट म खुसी छु र तीन खेलको लागि पुरा टिम आत्मविश्वासी छ ।’ दोस्रो पटक नेपाली टोली हेरिरहेका श्रीलंकन नागरिक पुबुदुले भने ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

रोट्राक्ट क्लब अफ बागलुङको अध्यक्षमा रोका चयन

सिवाईसी साकोसद्वारा बाढीपीडित १४ जना सदस्यलाई ७० हजार रुपैयाँ राहत

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

बागलुङमा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको नियमन र नियन्त्रण गर्नमा जोड

भर्खरै

धौलागिरि प्रादेशिक अस्पतालको स्तरउन्नती गर्न जनप्रतिनिधि तयार

निसीखोलाका बाढीपहिरो पीडितका लागि राहत आउने क्रम जारी : नदी तटबन्ध गरी बस्ती सुरक्षा र दिगो व्यवस्थापन गर्न माग

न्यूनचापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालभर वर्षा र हिमपातको सम्भावना

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki