Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

माडीमा आदिवासी जनजातिका होमस्टे थपिँदै

  • २४ आश्विन २०७५, बुधबार १०:२३

रत्ननगर : पर्या–पर्यटनको विकासका लागि दक्षिण चितवनको माडीमा होमस्टे थपिने भएको छ ।
कृषि र पर्या–पर्यटनका हिसाबले महत्वपूर्ण गन्तव्य रहेको माडीमा थप होमस्टे निर्माणको प्रक्रिया थालिएको नगरपालिकाका प्रमुख ठाकुर ढकालले जानकारी दिनुभयो । माडीका आदिवासी जनजाति समुदायका बस्तीमा ४० भन्दा बढी होमस्टे निर्माण गरिने छ । जुन बस्तीमा जुन जातिको बाहुल्यता छ, त्यही जातिका परिकारको स्वादमा स्थानीय रहनसहन र सांस्कृतिक प्रदर्शनीमा रम्न सक्ने गरी होमस्टे निर्माण गर्न लागिएको हो । यो वर्ष थारु, बोटे र राईका होमस्टे खुल्नेछन् । ढकालका अनुसार यसपाली नगरसभाले होमस्टे बनाउन रु ७५ लाख छुट्याएको छ । “होमस्टेका लागि समुदायको पनि लगानी हुन्छ, विभिन्न संघ संस्थासँग पनि सहकार्य हुन्छ, ढकालले भन्नुभयो, होमस्टेमार्फत आयआर्जनको विकास र पर्या–पर्यटनको विकास गर्नु हाम्रो लक्ष्य हो ।”

माडी नगरपालिका–८ शिवद्वारमा विगत केही वर्षदेखि मगर समुदायको होमस्टे सञ्चालनमा छ । अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे शिवद्वारमा आएका पाहुना सोरठी, सालेजु, चुड्का, ठाडो भाका प्रदर्शन गरेर पर्यटकलाई मनोरञ्जन दिन्छन् । यहाँ स्थानीयस्तरमा पाउने मौलिक खाना पाइन्छ । अबका होमस्टे पनि स्थानीय रहनसहन संस्कृतिका साथै मौलिक खाना पाइने र घरायसी वातावरणमा रम्न सकिने गरी निर्माण हुनेछन् ।

यस वर्ष माडी नगरपालिका–१ वनकट्टामा बोटे समुदायको संस्कृति देखाउने उद्देश्यसहितको १५, वडा नं ३ बघौडामा १० थारु होमस्टे र वडा नं ९ को राईटोलमा आठ राई होमस्टे निर्माण हुने नगरपालिकाले जनाएको छ । यस्तै शिवद्वारमा रहेको ११ होमस्टेको स्तरोन्नतिसहित नौँ थपेर २० पु-याउने लक्ष्य राखिएको छ ।

माडी नगरपालिका–३ बघौडामा माडी सामुदायिक होमस्टे निर्माणका लागि यहाँको घरधुरी लगत संकलनसमेत गरिएको छ । ३५ घरधुरी रहेको सो बस्तीमा होमस्टे निर्माणका लागि ओमप्रकाश महतोको संयोजकत्वमा एक समिति निर्माण गरिएको स्थानीय सहयोगी संस्था सीप नेपालका सचिव गोविन्द न्यौपानेले जानकारी दिनुभयो । स्थानीय समुदायलाई अनुभव संगाल्न अन्यत्रको होमस्टेमा लगेर स्थलगत अवलोकन गराइने छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki