Skip to content

follow us

baglungkhabar.tv

16th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

आजको राशिफल : २३ मंसिर २०७८ बिहिवार

  • – ज्यो.प. नारायणप्रसाद दुलाल
  • २३ मंसिर २०७८, बिहीबार ०८:२७

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइएला । चलाखीपूर्ण बोलीले काम सफल हुनेछ । शुभ समाचार सुन्नमा आउला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज मनमा दुबिधा उत्पन्न हुनेछ । मानसिक चिन्ता बढ्नेछ । मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । विद्यामा सफलता पाइएला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाहन सुख पनि मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज स्वादिष्ट भोजन पाइनेछ । प्रेममा मधुरता छाउनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफन्तको सहयोग प्राप्त हुनेछ । व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज स्थान परिवर्तनका विशेष योग देखिन्छन् । लगानीको वातावरण बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैसा खर्च हुने योग छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ । विश्वास गरेकाले साथ पनि दिनेछन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । चिताएको कामले तीव्रता लिनेछ । व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । प्राविधिक काम पूरा हुनेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु उचित हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । धर्मकर्ममा मन लाग्नेछ । शुभ समाचार सुन्न पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

आर्थिक साझेदारी विस्तार तथा द्विपक्षीय व्यापार प्रवद्र्धनमा जोड दिन आग्रह

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

ग्रेस इन्टरनेसनल बागलुङको शिक्षा मेला

भर्खरै

बागलुङले पायो दुई मन्त्री

३९ औं ब्रम्होत्सव तथा शालग्राम महोत्सव हुने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

चौथो जेसिज कपको उपाधि उचाल्दै बिजेता बनेको गहते युवा क्लब। तश्विर : सुजन रेग्मी

चौथो जेसिज कपको उपाधि गहतेलाई

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki