Skip to content

follow us

baglungkhabar.tv

29th November 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

कुश्मीसेरामा दोस्रो जैमिनी महोत्सव हुने

  • ९ मंसिर २०७८, बिहीबार १९:०६

बागलुङ, ९ मंसिर । जैमिनी नगरपालिकाको व्यापारिक तथा प्रशासनिक केन्द्र कुश्मीसेरामा दोस्रो जैमिनी महोत्सव गरिने भएको छ ।

सहारा युवा क्लवको आयोजनामा आगामी पुष २६ गतेदेखि माघ ३ गतेसम्म महोत्सव गरिने क्लवका अध्यक्ष सुरेश सुनारले बताए ।

महोत्सवमा मेयरकप खुल्ला पुरुष भलिवल प्रतियोगिता आयोजना गरिएको छ । भलिवलमा प्रथम पुरस्कार राशी १ लाख ५० हजार रुपैयाँ रहेको छ । द्धितीय पुरस्कारको राशी ८० हजार रुपैयाँ, तृतृीय पुरस्कारको राशी ३० हजार रुपैयाँ र सान्तवना पुरस्कारको राशी २० हजार रुपैयाँ रहेको सचिव डिल्ली पौडेलले जानकारी दिए ।

महोत्सवमा उपमेयर कप खुल्ला महिला भलिवल प्रतियोगिता गरिनेछ । प्रतियोगितामा प्रथम पुरस्कार राशी ३५ हजार, द्धितीय पुरस्कार राशी १७ हजार, तृतीय पुरस्कार राशी ८ हजार, सान्तवना पुरस्कार राशी ५ हजार रुपेयाँ रहेको छ ।

महोत्सवमा खुुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता, खुल्ला पुरुष बि लेभल ब्याडमिन्टन प्रतियोगिता, वडा स्तरीय रत्यौली प्रतियोगिता, वडा स्तरीय भजन प्रतियोगिता, माध्यामिक विद्यालय स्तरीय हाँजिरी जवाफ प्रतियोगिता, जैमिनी डान्स आईडल, कृषि उपज तथा पशु प्रदर्शनी, भजन, सोरठी, सालैजो, एनिमाया, झ्यारे सहितको झाँकी, हस्तकला प्रदर्शनी गरिने छ ।

महोत्सवको अवधिभर राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहनेछ । ‘स्थानीय कला संस्कृति तथा खेलकुदको सम्वर्धन कृषि उद्योग व्यापार तथा पर्यटनको प्रवर्धन’ भन्ने मूल नाराका साथ महोत्सव गरिने छ ।

बागलुङको दक्षिणलाई राष्ट्रिय तथा अन्तराष्ट्रि तहसम्म चिनाउने उद्धेश्यले महोत्सव गर्न लागिएको अध्यक्ष सुनारले बताए ।

महोत्सवमा ६० देखि ८० वटासम्म सटर निर्माण गरिने भने १ लाख ५० हजार दर्शक सहभागि हुने अपेक्षा गरिएको छ । महोत्सव सम्पन्न गर्न ४२ लाख लाग्ने अनुमान गरिएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङको हल्लनचोकबाट नौ जुवाडे पक्राउ

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

लोकप्रिय

गणेश पोवीसरा स्मृति कोषद्वारा सञ्चालित छात्र भलिबलको फाइनल समीकरण पूरा

बास्बोटको ऐतिहासिक देउराली मन्दिर पुनर्निर्माण

अन्तरिम सरकारको नेतृत्वका लागि राष्ट्रपति र जेनजी प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने

सडक निर्माणका क्रममा पहिरो खस्दा दुई जना मजदुरको मृत्यु

भर्खरै

धौलागिरि गण्डकी यातायात प्रालिको अध्यक्षमा उमेश केसी

मुक्तिनाथ मन्दिरमा चार महिनामा ४५ लाख रुपैयाँ सङ्कलन

ढोरपाटन उपत्यकामा पुग्यो बिजुली

अवैध स्लेट ढुङ्गा ओसारपसार गर्ने सवारी नियन्त्रणमा

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki