Skip to content

follow us

baglungkhabar.tv

17th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

आतंकवादको त्यो दृष्य जसले संसार हल्लायो

  • २६ भाद्र २०७७, शुक्रबार ११:३५

पछिल्ला १८ वर्षमा वर्ल्ड ट्रेड सेन्टरसामु आजको दिन एउटै दृष्य दोहरिन्थ्यो। मानिसहरु हजारौंको संख्यामा उपस्थित हुन्थे। करिब ३ हजारको आत्माको शान्तिको कामना गर्थे। आज अर्थात् नाइन इलाभेन – सेप्टेम्बर ११, २००१ आतंकवादी हमलाको एउटा डरलाग्दो घटना भएको दिन।

नाइन इलाभेन विश्व राजनीतिमा एउटा फरक परिस्थिति निर्माण गर्ने मोड बनेको थियो। त्यो मोडले आतंकवादविरुद्ध विश्व अभियान नै छेड्यो, जुन अझै जारी छ। सुरक्षित मानिएको अमेरिका एकाएक असुरक्षित बनेको दिन थियो, नाइन इलाभेन। त्यसैले आजको दिन हरेक वर्ष मानिसहरु वर्ल्ड ट्रेड सेन्टरमा भेला भएर निहत्था ज्यान गुमाएकाहरुको स्मृति गर्दै आएका थिए।

यसपाला भने कोरोनाले अर्को परिस्थिति बनाएको छ – विश्वलाई नै। ठूला भेला र सभाहरु विश्वभर नै निषेध छ। कोभिड-१९ ले संसार नै असुरक्षित बनेको छ। र, यसैसँगको संघर्षमा भौतिक र सामाजिक दुरीहरु तय भएका छन्। सायद्, यसले नाइन इलाभेनले आतंकवादको विषयमा जसरी अवधारणा बनाएको थियो, त्यसैगरी मानवका गतिविधिमाथि बनाउने छ। नेसनल सेप्टेम्बर ११ मेमोरियल एन्ड म्युजियममा आज पछिल्ला वर्षहरुमा भएजस्तो गतिविधि देखिने छैन।

तर, आज नाइन इलाभेनमा ज्यान गुमाएका मानिसका परिवारहरु भेला हुनेछन्। तर, अरु वर्षजस्तो यो घटनामा ज्यान गुमाएकाहरुको नाम लाभइ पढिने छैन। पुरानै रेकर्डबाट सुनाइनेछ – २००१ को कहालीलाग्दो घटनाका पीडितहरुको नाम।

के हो नाइन/इलाभेन?

स्थानीय समय अनुसार बिहानीको ८:४६ बजेको थियो। त्यतिखेर अपहरणमा परेको अमेरिकन एयरलाइन्स फ्लाइट ११ वर्ल्ड ट्रेड सेन्टरको उत्तरतिरको टावरमा ठोक्किन आइपुग्यो। बिहान ९ बजेर २ मिनेट जाँदा अर्को बिमान अपहरण भएको थाहा भयो। युनाइटेड एयरलाइन्सको फ्लाइट १७५ दक्षिणतिरको टावरमा ९ बजेर ३७ मिनेट जाँदा ठोक्किन पुग्यो। बिहान ९ बजेर ५९ मिनेट जाँदा अमेरिक एयरलाइन्स फ्लाइट ७७ पेन्टागनमा दुर्घटनामा पर्‍यो। बिहानकै १० बजे अपहरणमा परेको युनाइटेड एयरलाइन् फ्लाइट ९३ पेन्सेलभेनियामा दुर्घटना भयो। १० बजेर २९ मिनेट जाँदा उत्तरतिरको टावर ढल्यो।

इस्लामिको आतंकवादी समूह अल कायदाले चारवटा विमानबाट नियोजित रुपमा अमेरिकामा आक्रमण गरेका थिए। यी आक्रमणमा परी २ हजार ९ सय ७७ जनाले ज्यान गुमाए। २५ हजार भन्दा धेरै मानिसहरु घाइते हुन पुगे। यो आक्रमणमा अमेरिकाले १० अर्ब डलर बराबरको भौतिक क्षति बेहोर्‍यो।

नाइन इलाभेन मानव इतिहासमा संसारकै सबैभन्दा भिषण आतंकवादी आक्रमण मानिन्छ भने हवाई आक्रमणमा पनि सबैभन्दा ठूलो। १ सय १० तल्लै अग्ला दुई टावर ४२ मिनेटको अन्तरमा ध्वस्त भए। त्यसले वर्ल्ड ट्रेड सेन्टर परिसरमा रहेका अन्य भवनहरुलाई पनि धुलोमा मिलायो।

उत्तर पूर्वी अमेरिकाका विमानस्थलहरुबाट चारवटा प्यासेन्जर एयरलाइन्सहरु अपहरणमा परेका थिए। क्यालिफोर्नियाका लागि उडेका ती विमान १९ जना अलकायदाका आत्मघाती आतंकवादीले अपहरण गरेका थिए। अपहरितमध्ये दुई वटा विमान वर्ल्ड ट्रेड सेन्टको टावरमा ठोक्किएका थिए।

तेस्रो विमान अमेरिकाको रक्षा मन्त्रालय रहेको पेन्टागनमा दुर्घटनामा पर्‍यो। यसले थोरैमात्र क्षति पुर्‍यायो। चौथो विमान वासिङ्टन डीसीतिर जाँदै गर्दा पेन्सेल्भेनियामा दुर्घटनामा पर्‍यो। चौथो विमान यात्रुहरुका कारण आतंकवादीको निसानाबाट बाहिरिएको थियो।

आतंकवादविरुद्ध अमेरिकी जेहाद

विमानबाट भएको आत्मघाती आक्रमण अल कायदाबाट भएको तत्कालै आशंका गरियो जुन पछि पुष्टि पनि भयो। त्यसपछि अमेरिकाले आतंवादविरुद्ध जेहाद नै छेड्यो। अफगानिस्तानमाथि अमेरिकी आक्रमणको मुल आधार यही थियो। ओसामा विन लादेन अमेरिकाको सबैभन्दा खोजीमा रहेको आतंकवादी बने। अमेरिकाको आतंकवादी विरुद्धको अभियानमा अन्य मुलुकहरु पनि जोडिए। विन लादेन सन् २०११ मा पाकिस्तानमा अमेरिकी सेनाको रेडमा मारिए। इराकमाथि अमेरिकी आक्रमणको आधार पनि यही प्रकरण रह्यो।

वर्ल्ड ट्रेड सेन्टरमाथिको यो आक्रमणका कारण वाल स्ट्रिट ठप्प बन्न पुगेको थियो। जसले अमेरिकीमात्र होइन विश्वकै अर्थतन्त्रमा असर पारेको थियो। अमेरिकालाई २००२ को मे महिनासम्म लागेको थियो – भग्नावशेष पन्छाउनमात्र। पेन्टागनमा भएको क्षति एकै वर्षमा मर्मत भयो। सन् २००६ मा फेरि वर्ल्ड ट्रेड सेन्टरको निर्माण थालनी भयो। यसको निर्माण सन् २०१४ मा आएर पूरा भयो। यससँगै नेसनल सेप्टेम्बर ११ मेमोरियल एन्ड म्युजियम खडा गरियो जहाँ आज मानिसहरु भेला हुन्थे र आतंकवादबाट मृत्युवरण गरेका मानिसहरुको स्मृति गर्थे।

Soc: pahilopost

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय
बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

भर्खरै

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

बागलुङले पायो दुई मन्त्री

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki